4 years ago
September 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आज आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत दोस्रो खेलमा घरेलु टोली ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ४ः१५ पछि अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल लगातार दोस्रो जितका साथ अंक तालिकामा चौथो स्थानमा उक्लिन चाहन्छ ।

घरेलु टोली ओमान नेपालमाथि सहज जितका साथ सुरुवात गर्ने सोचमा छ । पाकिस्तानी मुलका खेलाडीको बाहुल्यता भएको ओमान बलियो टोली हो । त्यसमा घरेलु मैदान र वातावरणले गर्दा थप मजबुत बनेको छ । आइसिसी विश्वकप लिग–२ को अंक तालिकामा शीर्ष स्थानमा छ ।
नेपालले लगातार तीन खेलमा जित हाता पारेको छ । अमेरिकाविरुद्ध खेलबाट नेपालले टोलीमा बढीमा दुई र कम्तिमा एक परिवर्तन गर्ने सम्भावना छ ।
लगातर तीन खेलमा एक एक रनमा आउट भएका युवा अलराउन्डर कुशल मल्ललाई नेपालले आजको खेलमा बेन्चमा राख्ने सम्भावना धेरै देखिन्छ । कुशलको स्थानमा अर्का युवा ब्याट्सम्यान आरिफ शेखलाई मौका दिन सक्छ । आरिफ मध्यक्रममा राम्रो ब्याटिङसँगै मध्यगतिमा बलिङ गर्ने गर्दछन् । ओमानका खेलाडीले स्पिन बल राम्रो खेल्ने हुँदा पार्टटाइममा मध्यगतिका बलरलाई विकल्पमा राख्न सक्छ । अर्कोतर्फ कुशलको स्थानमा शरद भेषावकरलाई पनि मौका दिन सक्छ । अनुभवको आधारमा शरदलाई मौका दिन सक्छ । शरद पनि स्पिन पार्टटाइमका राम्रो विकल्प हुन् ।

नेपालको ओपनिङ आसिफ शेख र कुशल भुर्तेलले नै गर्नेछन् । अमेरिकासँग आसिफ र कुशलले ६६ रनको कीर्तिमानी साझेदाी गरेका थिए । कुशलले नेपाललाई जित दिलाउन ८४ रनको महत्वपूर्ण यागदान दिएका थिए । आसिफ राम्रो सुरुवात दिनेक्रममा २३ रन बनाउँदै आउट भएका थिए ।
कप्तान ज्ञानेन्द्र मल्ल तेस्रो नम्बरमा खेल्ने छन् । ज्ञानेन्द्रले सुरुवात राम्रो गरेपनि ठूलो इनिङमा बदल्न सकेका छैनन् । ओमान भ्रमणमा सानदार प्रदर्शन गरि रहेका रोहित चौथो नम्बरमा खेल्ने छन् । चौथो नम्बरमा रोहितले पिएनजीविरुद्ध ८६ र अमेरिकाविरुद्ध ६२ रन बनाउदै नेपाललाई सानदार जित दिलाएका थिए । रोहितबाट नेपाल ओमानविरुद्ध पनि त्यस्तै उत्कृष्ट प्रदर्शन चाहन्छ । कुशल मल्लको पाँचौ नम्बरमा आरिफ वा शरद मध्य एकको सम्भावना छ ।
छैटौं नम्बरमा विकेटकिपर विनोद भण्डारी हुने छन् । अमेरिकालाई पराजित गर्न भण्डारीले ३७ रनको महत्वपूर्ण योगदान दिएका थिए । पाँचौ विकेटका लागि रोहितसँग ८३ रनको उत्कृष्ट साझेदारीले नेपाललाई सानदार जित दिलाएको थियो । तल्लोक्रममा करण केसी र सोमपाल कामी हुने छन् । करण ठूला सर्टका लागि चर्चित नेपाली अलराउन्डर हुन् । यी दुईबाट नेपालले उत्कृष्ट अन्त्य चाहन्छ ।
नेपाल आजको खेलमा एक स्पिनरका साथ मात्र मैदान उत्रन सक्छ । ओमानका खेलाडी स्पिन राम्रो खेल्ने हुँदा सुशान भारीको स्थानमा गुलशन झालाई सरप्राइज रुपमा प्रयोग गर्न सक्छ । सुशानले पछिल्लो खेलमा दुई विकेट लिँदै राम्रो प्रदर्शन गरेपनि विपक्ष्य टोली र रणनीतिको कारण बेन्चमा बस्न सक्छन् । गुलशनको बलमा गती र बाउन्स हुँदा ओमानलाई नेपालले सरप्राइज दिन सक्छ । सन्दीप प्रमुख स्पिनरको रुपमा खेल्ने छन् । सन्दीपको प्रदर्शन निकै महत्वपूर्ण हुने छ ।
नेपालको प्लेइङ-११ : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित कुमार पौडेल, शरद भेषावकर /आरिफ शेख, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर) करण केसी, विक्रम सोब, सन्दीप लामिछाने र गुलशन झा ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]