default_image

4 years ago

September 14, 2021

ओमानविरुद्ध नेपालले टस जित्यो

242 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत दोस्रो खेलमा घरेलु टोली ओमानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

अल अमरेत क्रिकेट मैदानमामा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । अमेरिकासँग टोलीलाई निरन्तरता दिएको छ ।

घरेलु टोली ओमान नेपालमाथि सहज जितका साथ सुरुवात गर्ने सोचमा छ । पाकिस्तानी मुलका खेलाडीको बाहुल्यता भएको ओमान बलियो टोली हो । त्यसमा घरेलु मैदान र वातावरणले गर्दा थप मजबुत बनेको छ । आइसिसी विश्वकप लिग–२ को अंक तालिकामा शीर्ष स्थानमा छ । तर यस पटक ओमानलाई नेपालमाथि जित निकाल्न सहज हुने छैन ।

युवा खेलाडीको बाहुल्यता भएको नेपालले पछिल्लो समय लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । कमजोर मानिने ब्याटिङमा नेपालले पछिल्लो समय धेरै परिवर्तन गरि सकेको छ । नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गर्दै सानदार सुरुवात गरेको थियो ।

नेपालको प्लेइङ ११- ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित कुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर) करण केसी, विक्रम सोब, सन्दीप लामिछाने र सुशान भारी ।

हेड टु हेड :

नेपाल र ओमानबीच दुई ओडिआई खेल भएको छ । ओमान गत वर्ष पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटले विजयी भएको छ । पछिल्ला पाँच अन्तर्राष्ट्रिय खेलमा ओमानले नेपाललाई सहजै पराजित गरेको छ । २०१९ मा पाँच टोलीबीचको टि२० सिरिजमा ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो । २०१८ को एसिया कप छनोटमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको थियो । २ सय २१ रन बनाएपनि नेपाल पराजित हुन पुगेको थियो । त्यसै वर्ष डिभिजन २ को खेलमा ओमानले नेपाललाई ६ विकेटले हराएको थियो ।

मौसम : खेलमा वर्षाको कुनै सम्भावना छैन । तापक्रम भने ३१ देखि ३७ डिग्रि सम्म रहने छ ।

खेलको प्रत्यक्ष प्रसारण नेपालमा एक्सन स्पोर्ट्समा हेर्न सकिने छ । त्यस्तै इन्टरनेटमा आइसिसी टिभी र फ्यान कोडबाट हेर्न बाट पनि हेर्न सकिने छ ।

विश्वकप लिग-२ अंक तालिका

नेपालसहित ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र यूएई गरि ७ टोलीले २०२३ सम्म प्रतिस्पर्धा गर्ने छन् । होम अवे त्रिकोणात्मक सिरिज हुँदा एक टोलीले कुल ३६ ओडिआई खेल खेल्ने छन् । जसबाट शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

ओमान १० खेलमा ८ मा जित र २ मा हार सहित १६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १३ खेलमा ६ मा जित र ७ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हार सहित ९ अंकका साथ तेस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो ।

नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंक सहित चौथो स्थानमा छ । युएई ७ खेलमा समान ३ मा जित र ३ मा हार सहित ७ अंक जोड्दै पाँचौं स्थानमा छ । एक खेल रद्ध हुन पुगेको थियो । नेपाल ५ खेलमा ३ मा जित र २ मा हार सहित ६ अंकका साथ छैटौं स्थानमा छ । आजको खेलमा विजयी भएमा चौथो स्थानमा उक्लिने छ । पपुवा न्युगिनी ८ खेलमानै हारका साथ अंक विहिन हुँदै पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.