default_image

4 years ago

September 14, 2021

ओमानविरुद्ध आसिफको अर्धशतक

292 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा ब्याट्सम्यान आसिफ शेखले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत दोस्रो खेलमा घरेलु टोली ओमानविरुद्ध अर्धशतक प्रहार गरेका छन् । अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले २० ओभरमा २ विकेट गुमाउँदै ९० रन बनाएको छ । आसिफले ६४ बलमा आफ्नो ओडिआई करिअरको पहिलो अर्धशतक पूरा गरेका हुन् ।


आसिफ ६५ बलमा ५ चौका सहित ५२ रनमा अविजित छन् । आसिफ नेपालबाट ओडिआईमा अर्धशतक प्रहार गर्ने १० औं खेलाडी हुन् । आसिफले दोस्रो ओभरको चौथो बलमा खाता नखोल्दै जीवनदान पाएका थिए । कलिमुल्लाह बलमा मोहम्मद नदीमले क्याच ड्रप गरेपछि आसिफ डक आउट हुनबाट बचेका थिए । जुन जीवनदानको भरपूर्ण फाइदा उठाएका छन् ।

नेपालले खाता नखोल्दै ओपनर कुशल भुर्तेललाई शून्यमा गुमाएको थियो । तीव्र गतिका बलर बिलाल खानको पहिलो ओभरको दोस्रो बलमा कुशल विकेटकिपर सुरज कुमारबाट शून्यमा क्याच आउट हुन पुगेका थिए । अघिल्लो खेलमा अमेरिकालाई पराजित गर्न ८४ रनको इनिङ खेलेका कुशल दोस्रो खेलमा भने चल्न सकेनन् ।


दोस्रो विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए । मोहम्मद नदीमको बलमा ज्ञानेन्द्र नेस्टर धम्बाबाट क्याच आउट हुन पुगेका थिए । ज्ञानेन्द्रले ३३ बलमा १ चौका प्रहार गरे । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र आसिफले ५८ रनको साझेदारी गरेका थिए । क्रिजमा रोहित कुमार पौडेल १४ रनमा खेलि रहेका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.