4 years ago
September 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान आसिफ शेखको अर्धशतकमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत दोस्रो खेलमा घरेलु टोली ओमानलाई १ सय ९७ रनको विजयी लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४७.४ ओभरमा १ सय ९६ रनमा अल आउट भयो ।

नेपालका लागि आसिफले १ सय १२ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ९० रनको योगदान दिए । आसिफ बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । ३६ औं ओभरको तेस्रो बलमा तीव्र गतिका बलर बिलाल खानले योर्कर बलमा बोल्ड गरेपछि आसिफ करिअरको पहिलो शतक बनाउनबाट १० रनले चुकेका थिए । त्यसअघि आसिफले ६४ बलमा आफ्नो ओडिआई करिअरको पहिलो अर्धशतक पूरा गरेका थिए ।
आसिफले दोस्रो ओभरको चौथो बलमा खाता नखोल्दै जीवनदान पाएका थिए । कलिमुल्लाह बलमा मोहम्मद नदीमले क्याच ड्रप गरेपछि आसिफ डक आउट हुनबाट बचेका थिए । जुन जीवनदान ओमानलाई भारी पर्यो । नेपालले खाता नखोल्दै ओपनर कुशल भुर्तेललाई शून्यमा गुमाएको थियो । तीव्र गतिका बलर बिलाल खानको पहिलो ओभरको दोस्रो बलमा कुशल विकेटकिपर सुरज कुमारबाट शून्यमा क्याच आउट हुन पुगेका थिए ।
कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए । मोहम्मद नदीमको बलमा ज्ञानेन्द्र नेस्टर धम्बाबाट क्याच आउट हुन पुगेका थिए । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र आसिफले ५८ रनको साझेदारी गरेका थिए । त्यसपछि कुनैपनि ब्याट्सम्यानले राम्रो साझेदारी र प्रदर्शन गर्न सकेनन् ।
रोहित कुमार पौडेल ३४ बलमा २० रनमा क्याच आउट भए । स्पिनर नेस्टर धम्बाको बलमा विकेटकिपर विनोद भण्डारी ६ रनमा जतिन्दर सिंहबाट क्याच आउट भए ।
सोमपाल कामी ७ रनमा रन आउट भएका थिए । ३४ औं ओभरको अन्तिम बलमा बिलाल खानले कुशल मल्ललाई ४ रनमा बोलड आउट गरेपछि नेपालको ठूलो योगफलको सम्भावना सकिएको थियो । कुशल यसअघिका तीनै खेलमा एक एक रनमा आउट भएका थिए । कुशल आउट हुँदा नेपाल १४६–६ को कमजोर अवस्थामा पुगेको थियो ।
विक्रम सोबलाई बिलाल खानले दुई रनमा बोल्ड आउट गर्दै नेपालमाथि पूर्ण रुपमा ओमानलाई हाबी बनाए । सन्दीप लामिछाने १० बलमा १ चौका र १ छक्का सहित १६ रनमा रन आउट भए । करण केसीले तल्लोक्रममा ४८ बलमा १ चौका र १ छक्का सहित २१ रनमा आउट भए । अन्तिम विकेटका लागि करण र सुशान भारीले २३ रनको साझेदारी गरेका थिए ।
ओमानका तीव्र गतिका बलर बिलाल खानले १० ओभरमा १ मेडन सहित ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । नेस्टर धम्बाले दुई र मोहम्मद नदीम र कप्तान जिशान मकसुदले एक एक विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]