default_image

4 years ago

September 14, 2021

सन्दीप अस्वस्थ!

233 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने स्वास्थ्यमा समस्या आएको छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत मंगलबार ओमानविरुद्ध खेलमा फिल्डिङ गर्नेक्रममा उनको पेटमा एक्कासी समस्या देखिएको थियो ।

तस्बिर सौजन्य : पल राड्ली ट्वीटर

फिल्डिङ गर्ने समयमा पेटको दुखाईको कारण मैदान छाडेका थिए । उनलाई एम्बुलेन्ससम्म लगिएपनि अस्पताल भने लानुपरेको थिएन । खेलको सुरुवाती ओभरमा नै समस्या आएपछि सन्दीपले ओमानसँगको खेलमा बलिङ गरेका थिएनन् । सन्दीप मैदानमा नै नभएपछि मुख्य बलरबिना नै मैदान उत्रिएको नेपाल ओमानसँग ५ विकेटले पराजित भएको छ ।

सन्दीपको मैदान बाहिर उपचार भएपछि सुधार आएको बुझिएको छ । नेपाली टोलीले उनलाई पूर्णरुपमा विश्राम दिएको छ । उपचारपछि सन्दीप पेभिलिएनमै बसेर नेपालको खेल हेरेका थिए । सन्दीप बिनाको नेपाली टोलीको बलिङ भने सम्झन लायक रहेन ।

नेपालले प्रस्तुत गरेको १ सय ९७ रनको विजयी लक्ष्य ओमानले ३१.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । ओमानको जितमा जतिन्दर सिंहले ६२ बलमा १२ चौका र ६ छक्का सहित सर्वाधिक १ सय ७ रनको विष्फोटक शतकीय इनिङ खेल्दै सहज जित दिलाए । नेपालका कुनैपनि प्रमुख बलरको प्रदर्शन राम्रो हुन सकेन । सोमपाल कामी, विक्रम सोब र करण केसी प्रमुख तीनै बलरले कमजोर प्रदर्शन गरे ।

तस्बिर सौजन्य : पल राड्ली ट्वीटर

सोमपाल कामीले ४ ओभरमा १ मेडन सहित ३८ रन खर्चिदा विकेट लिन सकेनन् । उनको एकै ओभरमा जतिन्दर सिंहले ३ चौका र ३ छक्कासहित ३० रन जोडेका थिए । विक्रम सोबले २.१ ओभरमा २९ रन खर्चे । कुशल मल्लले १० ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । करणले ५ ओभरमा ५२ रन खर्चेर २ विकेट लिएका थिए ।

त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४७.४ ओभरमा १ सय ९६ रनमा अल आउट भएको थियो । नेपालका लागि आसिफले १ सय १२ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ९० रनको योगदान दिए । आसिफ बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । रोहित कुमार पौडेल २०, करण केसी र ज्ञानेन्द्र मल्लले २१-२१ रन बनाए ।

ओमानका तीव्र गतिका बलर बिलाल खानले १० ओभरमा १ मेडन सहित ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपालले अव सेप्टेम्बर १७ मा अमेरिकासँग खेल्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.