4 years ago
September 15, 2021
एजेन्सी – साविक विजेता ललितपुर प्याट्रियट्र्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चौथो विदेशी खेलाडीको रुपमा श्रीलंका शीर्षक्रमका ब्याट्सम्यान ओशदा फर्नान्डोलाई अनुबन्ध गरेको छ ।

२९ वर्षिय श्रीलंका शीर्षक्रमका ब्याट्सम्यान फर्नान्डोले ११ टेस्ट, ८ ओडिआई र ७ टि२० आई खेल खेलेका छन् । टेस्टमा एक शतक र ४ अर्धशतक सहित कुल ६ सय ७७ रन बनाएका छन् । ओडिआईमा १ सय ४८ रन र टि२० आईमा १ सय २८ रन बनाएका छन् । फर्नान्डोले २०१९ मा पाकिस्तानविरुद्ध टि२० आईमा डेब्यू गर्दै ७८ रनको अविजित इनिङ खेलेका थिए । श्रीलंका टेस्ट टोलीका नियमित सदस्य फनान्डोले २०१९ मा पाकिस्तानविरुद्ध टेस्टमा शतक प्रहार गरेका थिए ।
ललितपुरले विदेशी खेलाडीको रुपमा यसअघि भुटानका ब्याट्सम्यान मिक्यो दोर्जी, अफगानिस्तानका युवा अलराउन्डर आजमतुल्लाह ओमरजाई र इंग्ल्यान्डका एलेक्स ब्लेकको नाम सार्वजनिक गरेको थियो । ललितपुरमा ज्ञानेन्द्र मल्ल, सन्दीप जोरा, राशिद खान, पवन सरार्फ, कुशल भुर्तेल, सोनु तामाङ, योगेन्द्रसिंह कार्की, कमल खत्री, रिजन ढकाल, बिभत्सु थापा, अरियो पौडेल, शंखर राना, नारायण जोशी, सुर्य तामाङ स्वदेशी खेलाडीको रुपमा खेलाडी छन् ।
इपिएल असोज ९ देखि २३ सम्म टियुमा हुने छ । इपिएल विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । ललितपुरले २०१८ को फाइनलमा भैरहवा ग्ल्याडियसटर्सलाई १४ रनले पराजित गर्दै उपाधि जितेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]