default_image

4 years ago

September 15, 2021

दक्षिण अफ्रिकी ओपनर लेभीले पोखराबाटै इपिएल खेल्ने

197 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिका ओपनर रिचार्ड लेभीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) पोखरा राइनोजबाटै खेल्ने भएका छन् । लेभीले तेस्रो संस्करण इपिएल पोखराबाटनै खेलेका थिए ।

चौथो संस्करणको लागि पोखराले लेभीलाई निरन्तरता दिएको हो । पोखराले पहिलो विदेशी खेलाडीको रुपमा उनको नाम सार्वजनिक गरेको छ । लेभीले दक्षिण अफ्रिकाबाट १३ टि२० आईमा २ सय ३६ रन बनाएका छन् । सन् २०१२ मा लेभीले न्युजिल्यान्डविरुद्ध ५१ बलमा ५ चौका र १३ छक्का सहित १ सय १७ रनमा अविजित इनिङ खेल्दै इतिहास रचेका थिए ।

लेभी दक्षिण अफ्रिकाबाट टि२० आईमा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । त्यसपछि प्रर्दशन अपेक्षा अनुसार नहुँदा २०१२ मानै टोलीबाट बाहिरिएका थिए । लेभीले २ सय २० टि२० खेलमा ३ शतक र २२ अर्धशतक सहित ५ हजार ४ सय ६८ रन बनाएका छन् ।

२०१८ को इपिएलमा लेभीले ४ खेलमा १ सय ९० भन्दा माथिको स्ट्राइक रेटमा ब्याटिङ गर्दै २ सय ४ रन बनाएका थिए । लेभीले कुल १९ छक्का र १४ चौका हिर्काएका थिए । भैरहवाविरुद्ध ७९ र काठमाडौंसँगको खेलमा ३८ रन प्रहार गरे । त्यस्तै ललितपुरविरुद्ध ८४ रन बनाएका लेभीले विराटनगरसँगको खेलमा ३ रन बनाएका थिए । ललितपुरविरुद्ध लेभीले ३९ बलमा ३ चौका र ९ छक्का सहित ८४ रन बनाएका थिए ।

पोखराले जर्सी र लोगो पनि परिवर्तन गरेको छ । जर्सीको अगाडि माछापुच्छ्रे हिमालले सजिएको हुने भएको छ । घाँटीमा सुन्तला रंगको रहने छ । बाँकी माथिल्लो भाग कालो रंगमा हुने पोखराले जनाएको छ । जर्सीको तल्लोभाग कोलो र सुन्तला रंगसँग गएको छ ।

पोखरामा विकेटकिपर विनोद भण्डारी, सुनिल धमला, रित गौतम, किशोर महतो, बिक्रम शोब, बिपिन खत्री, लोकेश बम, पृथु बास्कोटा, विवेक यादव र विपिन रावल लगाएतका खेलाडी छन् । पोखराले बाँकी विदेशी खेलाडी पनि सार्वजनिक तयारी गरेको छ ।

गतवर्ष क्रिस गेलको नाम सार्वजनिक गरेपनि टि२० विश्वकपको कारण उनी आउने छैनन् । इपिएल असोज ९ देखि २३ सम्म टियुमा हुने छ । इपिएल विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.