4 years ago
September 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्ल्याडियटर्सले मलेसिया युवा स्टार शार्विन मुनिआन्दीलाई अनुबन्ध गरेको छ । भैरहवाले चौथो विदेशी खेलाडीको रुपमा मलेसिया अलराउन्डरलाई टोलीमा अनुबन्ध गरेको हो ।

२५ वर्षिय मुनिआन्दी मलेसिया मध्यगतिका बलिङ अलराउन्डर हुन् । उनले मध्यक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । मलेसियाबाट २८ टि२० आई खेलमा २४ इनिङमा उनले २ सय ६५ रन बनाउनुको साथै १९ विकेट लिएका छन् । उनको स्ट्राइकरेट १३६.५९ हुँदा उत्कृष्ट प्रदर्शन २८ रन छ । सन् २०२० को फेब्रुअरीमा थाईल्यान्डमा भएको एसिसी इस्टर्न रिजन टि२० प्रतियोगितामा नेपाललाई पराजित गर्न मुनिआन्दी नायक बनेका थिए । मुनिआन्दीले ३.५ ओभरमा १३ रन खर्चिए ४ विकेट लिदै प्लेयर अफ द म्याच प्रदर्शन गरेपछि १सय ५५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १ सय ३२ रनमा अल आउट भएको थियो । नेपालले मलेसियासँग २२ रनको हार बेहोर्नु परेको थियो ।
२०१९ मा थाईल्यान्डविरुद्ध डेब्यू गरेका उनी त्यसपछि मलेसिया पहिलो रोजाईमा खेल्दै आएका छन् । उनी गत वैशाखमा टियुमा भएको नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीचको खेल खेलेका थिए । बलिङ अपेक्षा अनुसार हुन नसकेपनि ब्याटिङमा तल्लोक्रममा राम्रो प्रभाव छाडेका थिए । मुनिआन्दी मलेसियाबाट विदेशी फ्रेन्चाइज लिग अनुबन्ध हुने दोस्रो खेलाडी बनेका छन् । मलेसिया युवा स्टार ब्याट्सम्यान विरनदीप सिंह यसअघिनै चितवन टागर्समा अनुबन्ध हुँदै विदेशी फ्रेन्चाइज लिगमा अनुबन्ध हुने पहिलो मलेसियन क्रिकेटर बनेका थिए ।

भैरहवाले यसअघि विदेशी खेलाडीको रुपमा बंगलादेशका सर्वाधिक सफल ओपनर तमिम इकबाल, श्रीलंका पूर्व कप्तान तथा ओपनर उपुल थरंगा र तीव्र गतिका बलर धाम्मिका प्रसादलाई अनुबन्ध गरेको थियो । श्रीलंका विकेटकिपर दीनेश चान्डिमललाई अनुबन्ध गरेपनि टि२० विश्वकपको कारण नआउने भैरहवाले जानकारी दिई सकेको छ ।
भैरहवाको मुख्य प्रशिक्षणमा नेपाली क्रिकेट टोलीका पूर्व सर्वाधिक सफल पुबुदु दसानायेके छन् । पुबुद टोलीमा भएको हुँदा टोलीले अतिरिक्त फाइदा उठाउन सक्छ । भैरहवाको कप्तानी नेपाली घरेलु क्रिकेटका सर्वाधिक सफल कप्तान शरद भेषावकरलेनै गर्ने छन् । वर्तमान नेपाली टोलीका युवा स्टार रोहित कुमार पौडेल, आरिफ शेख, कुशल मल्ल र तीव्र गतिका बलर अभिनाश बोहरा भैरहवा हुँदा टोली मजबुत छ ।
प्रदीप ऐरी, भुवन कार्की, कृष्ण कार्की, हरिशंकर शाह, दीपेश श्रेष्ठ, विकास आग्री, दुर्गेश गुप्ता र हिमान्शु दत्त पनि स्वदेशी खेलाडीको रुपमा छन् । भैरहवाले सेप्टेम्बर २६ मा पोखरा राइनोजसँग पहिलो खेल खेल्दै यस सिजनको सुरुवात गर्ने छ । पछिल्ला दुई सिजनमा लगातार उपविजेता रोकिएको भैरहवा यो पटक च्याम्पियन बन्ने सोचमा छ ।
२०१८ को फाइनमा भैरहवा ललितपुर प्याट्रियटर्ससँग १४ रनले पराजित भएको थियो । २०१७ को फाइनलमा विराटनगर वारियर्सबाट एक रनले पराजित हुँदै उपाधि जित्न सकेको थिएन । भैरहवा असोज ९ देखि २३ (सेप्टेम्बर २५ देखि अक्टोबर ९) सम्म टियु मैदानमा हुने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]