default_image

4 years ago

September 16, 2021

जिम्बावेका स्टार अलराउन्डर बर्लले इपिएल खेल्ने

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावेका स्टार ब्याटिङ अलराउन्डर रयान बर्लले काठमाडौं किंग्स–११ बाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । २७ वर्षिय बर्ल जिम्बावेका प्रमुख खेलाडी हुन् । जिम्बावेबाट अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन् ।

बायाँ हाते ब्याट्सम्यान बर्लले तल्लोक्रम र मध्यक्रममा ब्याटिङ गर्ने गर्दछन् । लेगस्पिन बलिङ गर्ने गर्दछन् । उनले जिम्बावेबाट ३ टेस्ट, २१ ओडिआई र ३२ टि२० आई खेल खेलेका छन् । टि२० आईमा उनले १ अर्धशतक सहित कुल ५ सय ३८ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन ५७ रन अविजित छ । टि२० आईमा उनले २१ विकेट लिएका छन् । उत्कृष्ट प्रदर्शन ३–२२ छ ।

काठमाडौंले वेस्टइन्डिजका स्टार अलराउन्डर ओडेन स्मिथलाई पनि टोलीमा समेटेको थियो । तर यस सिजनको क्यारेवियन प्रिमियर लिग (सिपिएल) मा सानदार प्रदर्शनपछि उनलाई इन्डियन प्रिमियर लिग (आइपिएल) को अवसर आएपछि नेपाल नआउने भएका छन् । काठमाडौंले यसअघिनै पाकिस्तानका पूर्व स्टार अलराउन्डर शाहिद अफ्रिदीलाई टोलीमा अनुबन्ध गरि सकेको छ । सिंगापुरका युवा तीव्र गतिका बलर जनक प्रकाशलाई पनि अनुबन्ध गरि सकेको छ । बर्लको अनुबन्ध बारे औपचारिक रुपमा घोषणा भने हुन बाँकी छ । तर उनी आउने पक्का भएको काठमाडौंले हाम्रो खेलकुदलाई पुष्टि गरेको छ ।

अफ्रिदीले दुई वा तीन खेल खेल्ने गरि आउने छन् । काठमाडौंको मुख्य प्रशिक्षकमा कलाम अली छन् । कप्तानी नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले गर्ने छन् । काठमाडौंका प्रमुख ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले खुट्टामा चोटका कारण इपिएल गुमाउने लगभग निश्चित छ । नेपाल, ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अभ्यासको क्रममा दीपेन्द्रको खुट्टामा चोट लागेको थियो । उनलाई ठिक हुन कम्तीमा चार हप्ता लाग्ने भएपछि इपिएल गुमाउने छन् ।

काठमाडौंमा जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन, दीपेन्द्र रावत, गुलशन झा, सिद्धान्त लोहनी स्वदेशी खेलाडीको रुपमा छन् । चौथो संस्करणको इपिएल असोज ९ देखि २३ सम्म टियु मैदानमा हुने छ । काठमाडौंले पहिलो खेल उद्धघाटनमा साविक विजेता ललितपुरसँग खेल्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.