default_image

4 years ago

September 16, 2021

नेपालले सुधार गनुपर्ने पाँच कमजोरी

216 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमान र अमेरिकासँग पहिलो चरणको खेल खेलिसकेको छ ।

नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । घरेलु टोली ओमानसँग नेपाल पाँच विकेटले पराजित हुन पुग्यो । ओमानसँगको नतिजालाई बिर्सदै नेपालले शुक्रबार अमेरिकामाथि जित निकाल्ने सोचमा छ । नेपालको लक्ष्य अमेरिकामाथि लगातार चौथो जित निकाल्ने हुने छ । भारतीय मुलका खेलाडीको बाहुल्यता भएको अमेरिकामाथि जित निकाल्न सहज भने हुने छैन । नेपाल बाँकी दुबै खेलमा जित निकाल्न चाहन्छ । त्यसको लागि टोलीले आफ्नो कमजोरी सुधार गर्न आवश्यक छ ।

नेपालले ओमानमा आफ्नो टोलीको क्षमताअनुसार प्रदर्शन गर्न सकेको छैन । पुरानै गल्ती र समस्याहरु टोलीमा दोहोरिएका छन् । नेपालले अमेरिका र ओमानसँग खेल्नुअघि सुधार गर्नुपर्ने पाँच कमजोरीहरु :

जिम्मेवारी ब्याटिङ र सहि सट छनोट

खराब सट छनोट र गैरजिम्मेवार ब्याटिङ नेपालको समस्याको रुपमा रहँदै आएको छ । नेपालको रन बन्न नसक्नुमा यी दुइ कुरा मुख्य कारण बन्दै आएका छन् । डट बल बढी वा विकेट पतनपछि दबाबमा खेलाडी सम्हालिन सकिरहेका छैनन् । गलत सट छनोट र गैर जिम्मेवार ब्याटिङ त्यसका मुख्य कारण हुन् । जिम्मेवारी ब्याटिङ निकै कम खेलाडीमा झल्किन्छ ।

अल अमरेत मैदानको आउटफिल्ड केहि स्वलो छ । ब्याट्सम्यानले जिम्मेवारी र सहि सर्ट छनोट गर्ने हो भने रन बनाउन कुनै कठिन भने देखिदैन । विपक्षी बलरको उत्कृष्ट बलमा भन्दा पनि ब्याट्सम्यानले आफ्नो कारण बढी विकेट गुमाउँदै आएका छन् । नेपालले बलियो योगफल बनाउन र पूरा गर्न यी समस्याहरु समाधान गर्न आवश्यक देखिन्छ ।

साझेदारीमा जोड

नेपालको राम्रो योगफल बन्न नसक्नुमा साझेदारी नहुनु हो । विशेषगरि मध्यक्रम र तल्लोक्रममा अपेक्षा अनुसार ठूलो साझेदारी हुन सकेको छैन । पपुवा न्युगिनीविरुद्ध ज्ञानेन्द्र मल्ल र रोहित कुमार पौडेलले तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए । अमेरिकाविरुद्ध रोहित र विनोद भण्डारीले पाँचौं विकेटको लागि ८३ रनको साझेदारी गरेपछि नेपालले २ सय ३१ रनको विजयी लक्ष्य पूरा गरेको थियो ।

ओमानविरुद्ध नेपालबाट दोस्रो विकेटका लागि आसिफ र ज्ञानेन्द्रले ५८ तथा तेस्रो विकेटका लागि आसिफ र रोहितले ४२ रनको साझेदारी गरेका थिए । अन्य विकेटका लागि साझेदारी हुन सकेन । आसिफ, कुशल भुर्तेल र रोहित कुमार पौडेलले एक इनिङबाट राम्रो रन जोड्दा अर्को इनिङबाट साथ पाउन सकिरहेका छैनन् । लगातार विकेट पतन हुँदा रन जोडिरहेको खेलाडीलाई कठिन पर्दै आएको छ । ब्याट्सम्यानले साझेदारीमा विशेष ध्यान दिन आवश्यक देखिन्छ ।

तीव्र गतिका बलरबाट उत्कृष्ट प्रदर्शनको आवश्यक

ओमानमा नेपालको तीव्र गतिका बलिङ युनिटको प्रदर्शन कमजोर छ । अमेरिकाविरुद्ध तीन तीव्र गतिका बलरले २० ओभरमा कुल १ सय १८ रन खर्चेर २ विकेट लिएका थिए । तीन स्पिनरले ३० ओभरमा कुल १ सय ११ रन खर्चिदै कुल ५ विकेट लिएका थिए । सोमपाल कामीले ९ ओभरमा ४४ रन, विक्रम सोबले ६ ओभरमा ३३ रन खर्चेर २ विकेट र करण केसीले ५ ओभरमा ४१ रन दिएका थिए ।

ओमानसँगको खेलमा तीन तीव्र गतिका बलरले मात्र ११.१ ओभरमा कुल १ सय १९ रन खर्चेर १ विकेट लिन सफल रहे । सोमपालले ४ ओभरमा ३८ रन खर्चेका थिए । जसमा एकै ओभरमा ३० रन सामेल थियो । करणले ५ ओभरमा ५२ रन खर्चेर २ विकेट लिदा विक्रमले २.१ ओभरमा २९ रन दिएका थिए । ओमानविरुद्ध दुई स्पिनरले २० ओभरमा ७८ रन खर्चेर ३ विकेट लिएका थिए । पिएनजीसँगको दोस्रो खेलमा तीन तीव्र गतिका बलरले १२ ओभरमा ६० रन खर्चेर २ विकेट लिएका थिए ।

स्पिनरले ११.१ ओभरमा १९ रन खर्चेर ७ विकेट लिएका थिए । टोलीमा दुई स्पिन र तीन प्रमुख तीव्र गतिका बलर छन् । जितको लागि तीव्र गतिका बलिङ युनिटबाट धेरै सुधारको आवश्यक देखिन्छ । अभिनाश बोहरा र गुलशन झा विकल्पमा छन् ।

अनुभवी खेलाडीबाट ठूलो इनिङ

ओमान भ्रमणमा अनुभवी खेलाडी ठूलो इनिङ खेल्न सकिरहेका छैनन् । कप्तान ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी र शरद भेषावकर टोलीका मुख्य अनुभवी खेलाडी हुन् । कप्तानको प्रदर्शनले अन्य खेलाडी र विपक्ष्य टोलीको मनोबलमा पनि प्रभाव पार्दछ । ज्ञानेन्द्र पिएनजीसँगको पहिलो खेलमा ६ र दोस्रो खेलमा ४५ रनमा आउट भएका थिए । अमेरिकासँग १७ र ओमानविरुद्ध २१ रनमा आउट भएका थिए । ज्ञानेन्द्र सुरुवात दिएपछि ठूलो इनिङ खेल्न चुक्दै आएका छन् । कप्तान, प्रमुख ब्याट्सम्यान र अनुभवी खेलाडीलेनै ठूलो इनिङ खेल्न नसकेपछि युवा खेलाडीको आलोचना गर्नु त्यति उचित हुँदैन ।

विकेटकिपर विनोद भण्डारीले अमेरिकाविरुद्ध ३७ रनको महत्वपूर्ण योगदान दिएका थिए । विनोदले भूमिका अनुसार उत्कृष्ट अन्त्य गर्न आवश्यक देखिन्छ । शरद पहिलो खेलमा ६ रनमा आउट भएपछि टिम रणनीतिको कारण टोलीमा छैनन् । अनुवभी खेलाडीहरुलाई जिम्मेवारीका साथ ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ ।

प्लेइङ ११ मा शरदको आवश्यक

शरद टोलीका प्रमुख ब्याट्सम्यान हुन् । तर पिएनजीसँगको पहिलो खेलपछि टोलीमा छैनन् । मध्यक्रम ब्याटिङ नेपालको कमजोर देखिएको छ । यो अवस्थामा शरद सहि विकल्प देखिन्छन् । शरद दबाबमा क्रिजमा रहँदै युवा खेलाडीलाई राम्रो सल्लाह र सुझाव दिदै इनिङलाई अगाडि बढाउन सक्छन् । टोलीमा युवा खेलाडीको बाहुल्यता हुँदा उनको आवश्यक बढी देखिन्छ ।

ठूलो अपेक्षा गरिएका कुशल मल्ल चारै खेलमा चल्न सकेनन् । सुरुवाती तीन खेलमा कुशल १-१ रन र ओमानविरुद्ध चार रनमा आउट भएका थिए । उनलाई विश्राम दिँदै शरदलाई मौका दिन सक्छ । शरदको आगमनले नेपालको मध्यक्रम ब्याटिङ मजबुत बन्न सक्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.