default_image

4 years ago

September 16, 2021

दीलिपलाई चितवनको उप कप्तानको जिम्मेवारी

229 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका ओपनर दीलिप नाथलाई चितवन टाइगर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग(इपिएल) मा उप कप्तानको जिम्मेवारी दिएको छ । नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामीको कप्तानीमा रहेको चितवनले दीलिपलाई उपकप्तानमा चयन गरेको हो ।

Dilip Nath


नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्ने दीलिपले २०१७ मा यूएईविरुद्ध नेपाली टोलीमा डेब्यू गरेका थिए । २०१८ मा जिम्बावेमा भएको आइसिसी एकदिवसिय विश्वकप छनोटमा स्कटल्यान्डविरुद्ध खेलपछि दीलिप नेपाली टोलीमा छैनन् । तर घरेलु क्रिकेट निरन्तर खेल्दै आएका छन् । बायाँ हाते ब्याट्सम्यान दीलिपले नेपालबाट ९ लिष्ट ए खेल खेलेका छन् ।

दिल्लीका पूर्वक्रिकेटर पुरु सिंहलाई सहायक प्रशिक्षक र टिम व्यवस्थापकको रुपमा नियुक्त गरि सकेको छ । पूरु सिंह लेभल टु गरेका प्रशिक्षक हुन् । प्रभु पे चितवनको मुख्य प्रायोजकको रुपमा रहेको छ ।

सोमपाल कामीको कप्तानीमा रहेको चितवन टाइगर्समा कमल सिंह ऐरी, शाहब आलम, इशान पाण्डे, ललित सिंह भण्डारी, दीलिप नाथ, सागर ढकाल, राजेश पुलामी मगर, हासिम अन्सारी, भीम सार्की, खड्क बहादुर बोहरा, आदिल खान, सन्दीप सुनार, देवराज खनाल, गौतम केसी, शेकुगे प्रसन्न (श्रीलंका), मोहम्मद शाहजाद (अफगानिस्तान), करिम जन्नत (अफगानिस्तान), डानिस अजिज (पाकिस्तान) र वीरनदीप सिंह (मलेसिया) खेलाडी रहेका छन् ।

टिमको मुख्य प्रशिक्षक सामसन जंग थापा रहेका छन् । इपिएल असोज ९ देखि २३ सम्म टियु मैदानमा हुने छ । विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.