default_image

4 years ago

September 17, 2021

श्रीलंकाली विकेटकिपर सन्दुन ललितपुरमा अनुबन्धित

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता ललितपुर प्याट्रियट्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) का लागि श्रीलंकाली विकेटकिपर ब्याट्सम्यान सन्दुन वीराक्कोडीलाई भित्र्याएको छ ।

२८ वर्षिय सन्दुनले श्रीलंकाबाट ३ ओडिआईमा ७३ रन बनाएका छन् । उनले २०१७ मा दक्षिण अफ्रिकाविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए । उनले ६५ प्रथम श्रेणी, ७४ लिष्ट ए र ४२ टि२० खेल खेलेका छन् । उनले लिष्ट ए मा ३ शतक र १४ अर्धशतक सहित कुल २ हजार ७ सय रन बनाएका छन् । टि२० खेलमा उनले ५ सय ७४ रन बनाएका छन् ।

ललितपुरले विदेशी खेलाडीको रुपमा यसअघि भुटानका ब्याट्सम्यान मिक्यो दोर्जी, अफगानिस्तानका युवा अलराउन्डर आजमतुल्लाह ओमरजाई, इंग्ल्यान्डका एलेक्स ब्लेक र श्रीलंका ओशदा फर्नान्डाको नाम सार्वजनिक गरेको थियो । भिसाको कारण एलेक्स ब्लेक नआउने सम्भावना बढी छ ।

ललितपुरमा ज्ञानेन्द्र मल्ल, सन्दीप जोरा, राशिद खान, पवन सरार्फ, कुशल भुर्तेल, सोनु तामाङ, योगेन्द्रसिंह कार्की, कमल खत्री, रिजन ढकाल, बिभत्सु थापा, अरियो पौडेल, शंखर राना, नारायण जोशी, सुर्य तामाङ स्वदेशी खेलाडीको रुपमा खेलाडी छन् ।

इपिएल असोज ९ देखि २३ सम्म टियुमा हुने छ । इपिएल विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । ललितपुरले २०१८ को फाइनलमा भैरहवा ग्ल्याडियसटर्सलाई १४ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.