4 years ago
September 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अमेरिकासँग दोस्रो खेलमा राम्रो सुरुवात गरेको छ ।

अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले सुरुवाती १० ओभरमा १ विकेट गुमाउँदै ५३ रन बनाएको छ । युवा ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङका साथ नेपाललाई राम्रो सुरुवात दिलाएका छन् । कुशल भुर्तेल ३४ बलमा ५ चौका र १ छक्का सहित ३३ रनमा अविजित छन् । ज्ञानेन्द्र मल्ल १६ बलमा ६ रनमा अविजित छन् ।
नेपालले तेस्रो ओभरमै ओपनर आसिफ शेखलाई गुमाएको थियो । डेब्यू खेल खेलेका तीव्र गतिका बलर काइल फिलिपको बलमा आसिफ ठूलो सट खेल्ने धुनमा टप एज लागेर करिमा गोरबाट तीन रनमा क्याच आउट हुन पुगेका थिए । आसिफ आउट हुँदा नेपाल ५–१ को अवस्थामा थियो । दोस्रो विकेटका लागि कुशल र ज्ञानेन्द्रले ४७ रनको साझेदारी गर्दै इनिङलाई अगाडि बढाएका छन् ।
ओमानको अल अमरेत क्रिकेट मैदान मस्कटमा भएको टसमा अमेरिका कप्तान सौरभ नेत्रवालकारले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ । युवा तीव्र गतिका बलर गुलशन झालाई डेब्यू दिएको छ । विक्रम सोबलाई बेन्चमा राखेको छ ।
गुलशनलाई तीव्र गतिका बलर सोमपाल कामीले डेब्यू क्याप दिएका थिए । गुलशन नेपालबाट ओडिआईमा डेब्यू क्याप पाउने २७ औं खेलाडी बनेका छन् । गत फागनुमा भएको काठमाडौं मेयर्स कपमा नेपाल पुलिस क्लबबाट खेल्दै गुलशनले राम्रो प्रभाव छाडेका थिए । दुई मात्र खेल खेलेका उनी बाउन्स र गतीका लागि सिपालु छन् ।
नेपालको प्लेइङ-११ : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित कुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर) करण केसी, गुलशन झा, सन्दीप लामिछाने र सुशान भारी
नेपालले पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । ओमानसँग नेपाल ५ विकेटले पराजित हुन पुगेको थियो । खेलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्सले गर्दैछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]