default_image

4 years ago

September 17, 2021

नेपालको कमजोर ब्याटिङ

224 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अमेरिकासँग दोस्रो खेलमा कमजोर ब्याटिङ गरेको छ ।

अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै ७८ रन बनाएको छ । ज्ञानेन्द्र मल्ल ३७ बलमा २ चौका सहित २१ रनमा अविजित छन् । विनोद भण्डारी ५ रनमा अविजित छन् ।

नेपालले तेस्रो ओभरमै ओपनर आसिफ शेखलाई गुमाएको थियो । डेब्यू खेल खेलेका तीव्र गतिका बलर काइल फिलिपको बलमा आसिफ ठूलो सट खेल्ने धुनमा टप एज लागेर करिमा गोरबाट तीन रनमा क्याच आउट हुन पुगेका थिए । आसिफ आउट हुँदा नेपाल ५–१ को अवस्थामा थियो । दोस्रो विकेटका लागि कुशल र ज्ञानेन्द्रले ५१ रनको साझेदारी गर्दै इनिङलाई अगाडि बढाएका थिए ।

स्पिनर करिमाले १२ औं ओभरको तेस्रो बलमा कुशललाई ३६ रनमा बोल्ड आउट गरेका थिए । कुशलले ४३ बलमा ५ चौका र १ छक्का प्रहार गरे । एल्मोर हचिन्सनको १५ औं ओभरको तेस्रो बलमा रोहित कुमार पौडेल दुई रनमा क्याच आउट भएपछि नेपाल ६३–३ को अवस्थामा पुगेको छ । कभरमा करिमाले एक हातले उत्कृष्ट क्याच लिएपछि रोहित पेभिलिएन फर्किनु परेको छ ।

अमेरिका कप्तान सौरभ नेत्रवालकारले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिँदा नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ । युवा तीव्र गतिका बलर गुलशन झालाई डेब्यू दिएको छ । विक्रम सोबलाई बेन्चमा राखेको छ । गुलशनलाई तीव्र गतिका बलर सोमपाल कामीले डेब्यू क्याप दिएका थिए ।

नेपालको प्लेइङ-११ : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित कुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर) करण केसी, गुलशन झा, सन्दीप लामिछाने र सुशान भारी

नेपालले पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । ओमानसँग नेपाल ५ विकेटले पराजित हुन पुगेको थियो । खेलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्सले गर्दैछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.