4 years ago
September 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अमेरिकासँग दोस्रो खेलमा संयमित अर्धशतक प्रहार गरेका छन् ।

ज्ञानेन्द्रले ९१ बलमा आफ्नो ओडिआई करिअरको तेस्रो अर्धशतक प्रहार गरेका हुन् । अर्धशतक बनाउने क्रममा ज्ञानेन्द्र नेपालबाट ओडिआईमा सर्वाधिक धेरै रन बनाउने ब्याट्सम्यान पनि बनिसकेका छन् । ज्ञानेन्द्रले पूर्व कप्तान पारस खड्कालाई पछि पार्दै सर्वाधिक धेरै रन बनाउने खेलाडी बनेका हुन् ।
पारसले १० खेलमा १ हजार ३ सय १५ रन बनाएका थिए । उनलाई पछि पार्दै ज्ञानेन्द्र सर्वाधिक धेरै रन बनाउने नेपाली खेलाडी बनेका हुन् । ज्ञानेन्द्रले अर्धशतक बनाउन सम्म १५ खेलमा १ हजार ३ सय ६२ रन बनाई सकेका छन् ।
अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको छ । ज्ञानेन्द्र मल्ल ९१ बलमा ३ चौका सहित ५० रनमा खेलि रहेका छन् ।
नेपालले तेस्रो ओभरमै ओपनर आसिफ शेखलाई गुमाएको थियो । डेब्यू खेल खेलेका तीव्र गतिका बलर काइल फिलिपको बलमा आसिफ ठूलो सट खेल्ने धुनमा टप एज लागेर करिमा गोरबाट तीन रनमा क्याच आउट हुन पुगेका थिए । आसिफ आउट हुँदा नेपाल ५–१ को अवस्थामा थियो । दोस्रो विकेटका लागि कुशल र ज्ञानेन्द्रले ५१ रनको साझेदारी गर्दै इनिङलाई अगाडि बढाएका थिए ।
स्पिनर करिमाले १२ औं ओभरको तेस्रो बलमा कुशललाई ३६ रनमा बोल्ड आउट गरेका थिए । कुशलले ४३ बलमा ५ चौका र १ छक्का प्रहार गरे । एल्मोर हचिन्सनको १५ औं ओभरको तेस्रो बलमा रोहित कुमार पौडेल दुई रनमा क्याच आउट भएपछि नेपाल ६३–३ को अवस्थामा पुगेको छ । कभरमा करिमाले एक हातले उत्कृष्ट क्याच लिएपछि रोहित पेभिलिएन फर्किनु परेको छ ।
२४ औं ओभरको तेस्रो बलमा विकेटकिपर विनोद भण्डारी १० रनमा क्याच आउट भएका थिए । नेपालले सबैलाई आश्चार्य पार्दै गुलशनलाई ब्याटिङमा अगाडि पठाएको थियो । कुशल मल्ल, सोमपाल कामी र करण केसी जस्ता खेलाडीलाई पछि राख्दै गुलशनलाई नेपालले छैटौं नम्बरमा ब्याटिङ गराएको थियो । गुलशन झाले ३३ औं ओभरको दोस्रो बलमा ब्यक्तिगत १४ रनमा जीवनदान पाएका थिए । स्पिनर नास्टुश केन्जिगेको बलमा फस्ट स्लिपमा रहेका स्टिभ टेलरले क्याच ड्रप गरेका थिए ।
३९ औं ओभरमा नेपालले दुई विकेट गुमाएको थियो । कप्तान सौरभ नेत्रवालकारको दोस्रो बलमा गुलशन २८ रनमा क्याच आउट भए । ५३ बल खेलेका गुलशनले २ चौका र १ छक्का प्रहार गरे । चार बलपछि कुशल मल्ल शून्यमा पेभिलिएन फर्के । यसअघिका चार खेलमा पनि कुशल खराब प्रदर्शन गरेका थिए । सुरुवाती तीन खेलमा लगातार एक एक खेलमा आउट भएका थिए । ओमानसँगको खेलमा चार रनमा आउट भएका थिए । सोमपाल कामी दुई रनमा आउट भएसँगै नेपाल संकटमा परेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]