4 years ago
September 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अमेरिकासँग दोस्रो खेलमा एकै ओभरमा दुई विकेट लिँदै सानदार सुरुवात दिलाएका छन् ।

नेपालले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याएको अमेरिकाले सरुवाती ६ ओभरमा २ विकेट गुमाउँदै ४३ रन बनाएको छ । अमेरिका स्पिनर स्टिभ टेलर २३ बलमा ४ चौका र २ छक्का सहित ३८ रनमा अविजित छन् । मनांक पटेल १ रनमा खेलि रहेका छन् ।
सन्दीपले पाँचौं ओभरमा दुई विकेट लिएका थिए । पाँचौं ओभरको पहिलो बलमा ओपनर सुशान्त मोदानीलाई गुगली बलमा सन्दीपले दुई रनमा एलबिडब्लू आउट गरेका थिए । चारबलपछि सन्दीपले कोरिमा गोरलाई शून्यमा बोल्ड आउट गर्दै एकै ओभरमा दुई विकेट लिएका थिए ।
त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४८ ओभरमा १ सय ७४ रनमा अल आउट भएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले १ सय ५ बलमा ३ चौका सहित सर्वाधिक ५५ रनको योगदान दिए । कुशलल भुर्तेलले ३६ र गुलशन झाले २८ रनको योगदान दिएका थिए ।
अमेरिकाका कप्तान सौरभ नेत्रवालकरले ९ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । काइल फिलिपले ९ ओभरमा १ मेडन सहित ४३ रन खर्चेर ३ विकेट लिए । करिमा गोर, एल्मोर हुचिन्सन, नास्टुश केनिजेगेले एक एक विकेट लिए । नेपालले पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । ओमानसँग नेपाल ५ विकेटले पराजित हुन पुगेको थियो । खेलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्सले गर्दैछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]