default_image

4 years ago

September 17, 2021

करणलाई लगातार दुई विकेट, टेलर शतकबाट चुके

273 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिका ओपनर स्टिभ टेलर आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालविरुद्ध शतक प्रहार गर्नबाट चुकेका छन् । टेलरको आक्रामक ब्याटिङसँगै अमेरिका जिततर्फ भने अग्रसर भएको छ ।

नेपालले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १९ रन जोडिसकेको छ । अमेरिका ओपनर टेलर ६३ बलमा ९२ रनमा आउट भए । करण केसीको बलमा टप एज लाग्दै सोमपाल कामीबाट समातिएपछि उनी आफ्नो ओडिआई करिअरको पहिलो शतक प्रहार गर्नबाट चुकेका हुन् ।

टेलरले ६३ बलमा १२ चौका र ३ छक्का प्रहार गरे । टेलरले व्यक्तिगत ४२ रनमा जीवनदान पाएका थिए । स्पिनर सुशान भारीको आठौं ओभरको तेस्रो बलमा ठूलो सट खेल्नेक्रममा लङअङमा कुशल भुर्तेलले क्याच ड्रप गरेका थिए ।

टेलर आउट भएको अर्को बलमा नै करणले नयाँ ब्याट्सम्यान संजय कृष्णमुर्थीलाई आउट गरेका थिए । संजयले पहिलो स्लिपमा रहेका कुशल भुर्तेललाई क्याच थमाएका थिए । करणले लगातार २ विकेट लिएपनि अमेरिकालाई अब जितका लागि ३० ओभरमा ५६ रन आवश्यक छ ।

त्यसअघि सन्दीपले पाँचौं ओभरमा नेपाललाई दुई विकेट दिलाएका थिए । पाँचौं ओभरको पहिलो बलमा ओपनर सुशान्त मोदानीलाई गुगली बलमा सन्दीपले दुई रनमा एलबिडब्लू आउट गरे । चार बलपछि सन्दीपले कोरिमा गोरलाई शून्यमा बोल्ड आउट गर्दै एकै ओभरमा दुई विकेट लिएका थिए । एक समय २२–२ को अवस्थाबाट तेस्रो विकेटका लागि टेलर र पटेलले रनको अविजित साझेदारी गर्दै जिततर्फ अगाडि बढाएका छन् ।

त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४८ ओभरमा १ सय ७४ रनमा अल आउट भएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले १ सय ५ बलमा ३ चौका सहित सर्वाधिक ५५ रनको योगदान दिए ।

कुशलल भुर्तेलले ३६ र गुलशन झाले २८ रनको योगदान दिएका थिए । अमेरिका कप्तान सौरभ नेत्रवालकरले ९ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । काइल फिलिपले ९ ओभरमा १ मेडन सहित ४३ रन खर्चेर ३ विकेट लिए । करिमा गोर, एल्मोर हुचिन्सन, नास्टुश केनिजेगेले एक एक विकेट लिए । नेपालले पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । ओमानसँग नेपाल ५ विकेटले पराजित हुन पुगेको थियो । खेलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्सले गर्दैछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.