default_image

4 years ago

September 17, 2021

नेपाल पहिलो पटक ओडिआईमा अमेरिकासँग पराजित

199 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर स्टिभ टेलरको उत्कृष्ट ब्याटिङसँगै आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा अमेरिकाले नेपाललाई पहिलो पटक पराजित गरेको छ ।

शुक्रबार राती सम्पन्न खेलमा अमेरिकाले नेपाललाई ६ विकेटले पराजित गरेको छ । योसँगै अमेरिका विश्वकप लिग २ मा लगातार ६ हारमा पूर्णविराम लगाएको छ । नेपालले ओडिआईमा अमेरिकासँग पहिलो पटक हारेको हो । जितको लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले २९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

अमेरिका जितमा स्टिभ टेलरले ६३ बलमा १२ चौका र ३ छक्का सहित सर्वाधिक ९२ रनको योगदान दिए । आफ्नो ओडिआई करिअरकै उत्कृष्ट प्रदर्शन गर्दै अमेरिकालाई सहज जित दिलाउन टेलरले महत्वपूर्ण योगदान दिए । तीव्र गतिका बलर करण केसीको बलमा सोमपाल कामीबाट क्याच आउट हुन पुगेपछि उनी अमेरिकाबाट सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याट्सम्यान बन्नबाट चुकेका थिए ।

टेलरले ब्यक्तिगत ४२ रनमा जीवनदान पाएका थिए । स्पिनर सुशान भारीको आठौं ओभरको तेस्रो बलमा टेलरले ठूलो सट खेल्नेक्रममा लङअङमा कुशल भुर्तेलले क्याच छोड्न पुगेका थिए । जसकरण मल्होत्रा ३२ बलमा २ चौका र ३ छक्का सहित ३६ रनमा अविजित रहे । त्यस्तै मोनांक पटेल ७० बलमा १ चौका सहित ३८ रनमा अविजित रहे । अमेरिका प्रमुख ब्याट्सम्यान मल्होत्राले खाता नखोल्दै शून्यमा जीवनदान पाएका थिए । सोमपाल कामीको बलमा गुलशन झाले मल्होत्रा क्याच ड्रप गरेका थिए ।

सन्दीपले पाँचौं ओभरमा नेपाललाई दुई सफलता दिलाएका थिए । सन्दीपले गुगली बलमा पाँचौं ओभरको पहिलो बलमा ओपनर सुशान्त मोदानीलाई दुई रनमा एलबिडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । चार बलपछि सन्दीपले कोरिमा गोरलाई शून्यमा बोल्ड आउट गर्दै एकै ओभरमा दुई विकेट लिएका थिए । एक समय २२–२ को अवस्थाबाट तेस्रो विकेटका लागि टेलर र मोनांक पटेलले ९७ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

२० औं ओभरमा करणले दुई विकेट लिएका थिए । तेस्रो बलमा टेलर टप एज लागेर सोमपालबाट समातिन पुगेपछि शतकबाट चुकेका थिए । लगत्तै अर्को बलमा युवा खेलाडी सन्जय कृष्णमुर्तीलाई कुशल भुर्तेलबाट क्याच गराउँदै गोल्डेन डक पेभिलिएन फर्काएका थिए । पाँचौं विकेटका लागि मल्होत्रा र पटेलले ५६ रनको अविजित साझेदारी गर्दै जित पक्का गराए । नेपालका सन्दीप लामिछाने र करण केसीले दुई दुई विकेट लिए ।

त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४८ ओभरमा १ सय ७४ रनमा अल आउट भएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले १ सय ५ बलमा ३ चौका सहित सर्वाधिक ५५ रनको योगदान दिए । ज्ञानेन्द्र बाहेक अन्य नेपाली ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक रहेन । नेपालले खराब ब्याटिङ गर्दै अन्तिम ३४ रन जोड्दा ६ विकेट गुमाएको थियो ।

ज्ञानेन्द्रले ९१ बलमा ओडिआई करिअरको तेस्रो अर्धशतक प्रहार गरेका थिए । ज्ञानेन्द्र नेपालबाट ओडिआईमा तेस्रो अर्धशतक प्रहार गर्ने रोहित कुमार पौडेलपछि दोस्रो खेलाडी हुन् । ज्ञानेन्द्र नेपालबाट ओडिआईमा सर्वाधिक धेरै रन बनाउने खेलाडी पनि बनेका छन् । ज्ञानेन्द्रले १५ खेलमा ३ अर्धशतक सहित कुल १ हजार ३ सय ६६ रन बनाएका छन् । ज्ञानेन्द्र अघि पूर्व कप्तान पारस खड्काले १० खेलमा १ हजार ३ सय १५ रन बनाएका थिए ।

डेब्यू खेल खेलेका तीव्र गतिका बलर काइल फिलिपको बलमा आसिफ ठूलो सट खेल्ने धुनमा टप एज लागेर करिमा गोरबाट तीन रनमा क्याच आउट हुन पुगेका थिए । दोस्रो विकेटका लागि कुशल र ज्ञानेन्द्रले ५१ रनको साझेदारी गर्दै नेपाललाई खेलमा फर्किने आशा देखाएका थिए । स्पिनर करिमाले १२ औं ओभरको तेस्रो बलमा कुशललाई ३६ रनमा बोल्ड आउट गरेका थिए ।

त्यसपछि नेपालले लगातार विकेट गुमाउन पुग्यो । कुशलले ४३ बलमा ५ चौका र १ छक्का प्रहार गरे । एल्मोर हचिन्सनको १५ औं ओभरको तेस्रो बलमा रोहित कुमार पौडेल दुई रनमा क्याच आउट भएपछि नेपाल ६३–३ को अवस्थामा पुगेको छ । कभरमा करिमाले एक हातले उत्कृष्ट क्याच लिएपछि रोहित पेभिलिएन फर्किनु परेको छ ।

२४ औं ओभरको तेस्रो बलमा विकेटकिपर विनोद भण्डारी १० रनमा आउट हुन पुगे । नेपालले सबैलाई आश्चार्य पार्दै डेब्यू खेल खेलेका तीव्र गतिका बलर गुलशन झालाई छैटौं नम्बरमा पठाएको थियो । गुलशनले ज्ञानेन्द्रसँग पाँचौ विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए । ३९ औं ओभरमा नेपालले दुई विकेट गुमाएको थियो । कप्तान सौरभ नेत्रवालकरको दोस्रो बलमा गुलशन २८ रनमा करिमा गोर क्याच आउट भए । ५३ बल खेलेका गुलशनले २ चौका र १ छक्का प्रहार गरे । गुलशनले ३३ औं ओभरको दोस्रो बलमा ब्यक्तिगत १४ रनमा जीवनदान पाएका थिए । स्पिनर नास्टुश केन्जिगेको बलमा फस्ट स्लिपमा टेलरले क्याच ड्रप गरेका थिए ।

चार बलपछि कुशल मल्ल करिमाबाटै शून्यमा पेभिलिएन फर्के । खराब लयबाट गुज्रिएका कुशल पाँचौं खेलमा पनि खराब प्रदर्शन गरे । कुशल सुरुवाती तीन खेलमा लगातार एक एक खेलमा आउट भएका थिए । ओमानसँगको खेलमा चार रनमा आउट भएका थिए । सौरभकै बलमा सोमपाल कामी दुई रनमा एल्मोर हचिन्सनबाट क्याच आउट हुँदा नेपाल १४४–७ को कमजोर अवस्थामा पुगेको थियो । करण केसी १२ र सन्दीप लामिछाने ११ रनमा आउट भए ।

अमेरिका कप्तान सौरभ नेत्रवालकरले ९ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । काइल फिलिपले ९ ओभरमा १ मेडन सहित ४३ रन खर्चेर ३ विकेट लिए । करिमा गोर, एल्मोर हुचिन्सन, नास्टुश केनिजेगेले एक एक विकेट लिए ।

नेपालले ओडिआई खेलमा अमेरिकासँग पहिलो पटक पराजित भएको हो । यसअघि खेलेका तीनै खेलमा नेपालले अमेरिकामाथि सहज जित हात पारेको थियो । नेपालले पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । गतवर्ष नेपालमा पहिलो खेलमा ३५ रन र दोस्रो खेलमा ८ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा अमेरिकालाई नेपालले ३५ रनमा अल आउट गरेको थियो । ओमानसँग नेपाल ५ विकेटले पराजित हुन पुगेको थियो । नेपालले अन्तिम खेल ओमानसँग आइतबार हुने छ ।

विश्वकप लिग(२ अंक तालिका

ओमान १२ खेलमा १० मा जित र २ मा हार सहित २० अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १५ खेलमा ७ मा जित र ८ मा हार सहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हार सहित ९ अंकका साथ तेस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो ।

नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंक सहित चौथो स्थानमा छ । युएई ७ खेलमा समान ३ मा जित र ३ मा हार सहित ७ अंक जोड्दै पाँचौं स्थानमा छ । एक खेल रद्ध हुन पुगेको थियो । नेपाल ७ खेलमा ३ मा जित र ४ मा हार सहित ६ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ८ खेलमानै हारका साथ अंक विहिन हुँदै पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.