4 years ago
September 18, 2021
एजेन्सी – पाकिस्तानसँगको तीन ओडिआई र पाँच टि२० आई खेलको सिरिज न्युजिल्यान्डले सुरक्षा सतर्कता कारण देखाउँदै अन्तिम समयमा नाटकीय रुपमा स्थगित गरेको छ ।

पहिलो ओडिआई खेल सुरु हुन शुक्रबार एक घण्टा समय बाँकी रहँदा न्युजिल्यान्डले सुरक्षा कारण पाकिस्तान भ्रमणनै स्थगित गर्ने निर्णय लिएको थियो । १८ वर्षपछि पाकिस्तान भ्रमण आएको न्युजिल्यान्डले सरकारको सुरक्षा चेतवानीको कारण देखाउँदै अन्तिम समयमा नाटकीय रुपमा भ्रमणनै स्थगित गरेको हो । न्युजिल्यान्डको यो कदमको विश्वभरबाट चर्को आलोचना भईरहेको छ । न्युजिल्यान्डले तीन ओडिआई रावलपिन्डी र पाँच टि२० आई खेल लाहोरमा खेल्ने कार्यक्रम थियो ।
शुक्रबार पहिलो ओडिआईको लागि पाकिस्तानको टोली मैदान पुगिसकेको थियो । तर न्युजिल्यान्डको टोली होटलमै बसेको थियो । न्युजिल्यान्ड टोली नपुग्दा टसमा ढिलाई भएको थियो । केहि समयपछि टोलीले सिरिज नै नखेल्ने जनाएको थियो । न्युजिल्यान्डले दोस्रो रोजाईको टोली पाकिस्तान पठाएको थिएन । इन्डियन प्रिमियर लिग (आइपिएल) लाई देखाउँदै टम लाथमको कप्तानीमा बंगलादेश र पाकिस्तान भ्रमणमा नयाँ टोली पठाएको थियो । बंगलादेशसँगको पाँच टि२० आई सिरिज ३–२ ले गुमाएपछि न्युजिल्यान्ड ११ सेप्टेम्बरमा पाकिस्तान पुगेको थियो ।
‘अचानक स्थगित सिरिजको कारण म अत्यन्तै निराश छु । पाकिस्तानको लागि लाखौ समर्थकको खुसी फिर्ता ल्याउन सक्छ । हाम्रो सुरक्षा एजेन्सीहरुको क्षमता र विश्वसयिनतामा मलाई पूर्णरुपमा विश्वास छ । उनीहरु हाम्रो गौरव हुन् र सधैं हुनेछन्’, पाकिस्तान कप्तान बाबर आजमले सिरिज स्थगितपछि भनेका छन् । पाकिस्तानका पूर्व तीव्र गतिका बलर शोएब अख्तरले न्युजिल्यान्डले पाकिस्तान क्रिकेटलाई मारेको बताएका छन् ।

न्युजिल्यान्डले पछिल्लो पटक सन् २००३ नोभोम्बरमा पाकिस्तान भ्रमण गरेको थियो । सन् २००९ मा लाहोरमा श्रीलंका टोली चडेको बसमा आतंककारीले बम आक्रमण गरेपछि पाकिस्तानले यूएईलाई आफ्नो घरेलु मैदान बनाउँदै आएको थियो । २०१५ पछि पाकिस्तानमा घरेलु र अन्तर्राष्ट्रिय क्रिकेट फर्किसकेको थियो ।
दक्षिण अफ्रिका, वेस्टइन्डिज, बंगलादेश, जिम्बावे, आइसिसी विश्व ११ ले भ्रमण गरिसकेका छन् । पछिल्ला दुई संस्करणका पाकिस्तान सुपर लिग सफल रुपमा पाकिस्तानमै सम्पन्न भएको छ । अर्को महिना इंग्ल्यान्डको टोलीले दुई टि२० आई सिरिजको लागि पाकिस्तान भ्रमण गर्दैछ । तर न्युजिल्यान्डको यो कदमले उक्त सिरिज पनि शंकाको घेरामा आएको छ ।
सन् २०१७ को च्याम्पियन्स ट्रफी जित्दै पाकिस्तानले विश्व क्रिकेटमा नयाँ सन्देश दिएको थियो । पाकिस्तान र न्युजिल्यान्ड अर्को महिना युएई र ओमानमा हुने टि२० विश्वकपमा एकै समूहमा छन् । सुपर–१२ को समूह बी मा पाकिस्ताान, भारत, न्युजिल्यान्ड, अफगानिस्तान, पहिलो चरणका समूह बी को विजेता र समूह एको उपविजेता रहने छन् । टि२० विश्वकपमा पाकिस्तान र न्युजिल्यान्डबीचको खेल २६ अक्टोबरमा शारजाहमा हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]