4 years ago
September 18, 2021
एजेन्सी – श्रीलंका ओपनर ब्याट्सम्यान दीलशान मुनावीराले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) विराटनगर वारियर्सबाट खेल्ने भएका छन् ।

विराटनगरले चौथो विदेशी खेलाडीको रुपमा श्रीलंका ३२ वर्षिय दीलशान मुनावीरालाई अनुबन्ध गरेको छ । उनले श्रीलंकाबाट १३ टि२० आई र २ ओडिआई खेल खेलेका छन् । टि२० आई खेलमा उनले एक अर्धशतक सहित कुल २ सय १५ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन ५३ रन छ । उनीमा १ सय १२ लिष्ट ए र १ सय २७ टि२० आई खेलको अनुभव छ । ओडिआईमा २०१७ मा भारतविरुद्ध अगष्टमा डेब्यू गरेका थिए । तर राम्रो प्रदर्शन गर्न नसक्दा पुन मौका पाएनन् । टि२० आईमा २०१२ मा जिम्बावेविरुद्ध डेब्यू गरेका थिए ।
यसअघि विराटनगरले विदेशी खेलाडीको रुपमा जिम्बावेका अलराउन्डर सिकन्दर राजा, क्यानडाका तीव्र गतिका बलर रयानखान पठान र वेस्टइन्डिजका शीर्षक्रमका ब्याट्सम्यान हेमराज चन्द्रपाउललाई अनुबन्ध गरेको थियो । इपिएल असोज ९ देखि २३ सम्म टियु मैदानमा हुँदै छ । २०१७ अर्थात दोस्रो संस्करणको उपाधि विराटनगर वारियर्सले जितेको थियो ।
विराटनगरले २०१७ को फाइनलमा भैरहवा ग्ल्याडियटर्सलाई एक रनले हराउँदै उपाधि जितेको थियो । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका कप्तान पारस खड्काले इपिएल खेल्ने वा नखेल्ने अनिश्चित छ । विराटनगरबाट सौरभ खनाल, अनिल खरेल, सुमित महर्जन, करण केसी, हरि चौहान, अनिल कुमार शाह, आसिफ शेख, वसन्त रेग्मी, प्रतिश जिसी, सोनु देवकोटा लगायतका खेलाडी छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]