4 years ago
September 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका स्टार क्रिकेटर असेला गुणरत्नेले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । पोखरा राइनोजले श्रीलंका स्टार क्रिकेटर गुणरत्नेलाई अनुबन्ध गरेको छ । गुणरत्नेले श्रीलंकाबाट ६ टेस्ट, ३१ ओडिआई र १२ टि२० आई खेलेका छन् ।

टि२० आईमा उनले २ अर्धशतक सहित कुल २ सय २५ रन बनाएका छन् । सन् २०१७ मा अष्ट्रेलियामाथि दुई विकेटको रोमान्चक जित दिलाउन उनले ४६ बलमा ६ चौका र ५ छक्का सहित अविजित ८४ रनको उत्कृष्ट इनिङ खेलेका थिए । गुणरत्नेले मध्यक्रम र तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् ।
पार्टटाइम मिडियम पेश बलिङ गर्ने गर्दछन् । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सको अनुभव छ । ७५ टि२० खेलमा उनले ९ अर्धशतक सहित १ हजार ३ सय ९८ रन बनाएका छन् । पछिल्लो समय चोट र कमजोर प्रदर्शनका कारण उनी टोलीमा छैनन् । गुणरत्ने दीलस्कुप सटका लागि चिनिन्छन् । त्यस्तै पोखराले श्रीलंकानै बायाँ हाते युवा ब्याट्सम्यान सहान अर्चिगेलाई अनुबन्ध गरेको छ । उनले २८ प्रथम श्रेणी, ३१ लिष्ट ए र ३४ टि२० खेल खेलेका छन् । स्पिन बलिङ समेत गर्ने गर्दछन् ।

यस अघि पोखराले विदेशी खेलाडीको रुपमा दक्षिण अफ्रिका ओपनर रिचर्ड लेभी र वेस्टइन्डिजका अलराउन्डर केस्रिक विलियम्सको नाम सार्वजनिक गरि सकेको थियो । पोखरामा विकेटकिपर विनोद भण्डारी, सुनिल धमला, रित गौतम, किशोर महतो, विक्रम सोब, विपिन खत्री, लोकेश बम, पृथु बास्कोटा, विवेक यादव, विपिन रावल, अर्जुन कुमाल, रविन्द्र जंग शाही लगायतका स्वदेशी खेलाडी छन् ।
पोखरा मुख्य प्रशिक्षकमा नेपाली क्रिकेट टोलीका पूर्व प्रशिक्षक उमेश पटवाल छन् । बलिङ प्रशिक्षकमा शक्ति गौचन र फिल्डिङ प्रशिक्षकमा गण्डकी प्रदेशका रिजन प्रजु रहेका छन् । इपिएल असोज ९ देखि २३ सम्म टियुमा हुने छ । इपिएल विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]