default_image

4 years ago

September 18, 2021

क्यानद्धारा सातै प्रदेशमा प्रशिक्षक नियुक्त

176 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो सातै प्रदेशमा प्रशिक्षक नियुक्त गरेको छ । प्रदेश प्रशिक्षक नियुक्तिको लागि आवेदन मागेको १३ महिनापछि क्यानले प्रदेश प्रशिक्षक नियुक्त गरेको छ ।

क्यानले प्रदेश दुई, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दुई दुई प्रदेश प्रशिक्षक नियुक्त गरेको छ । अन्य बाँकी चार प्रदेशमा एक एक प्रशिक्षक नियुक्त गरेको छ । क्यानले प्रदेश १ मा नेपालबाट अन्तर्राष्ट्रिय यू१९ खेलेका पुष्प थापालाई नियुक्त गरेको छ । पुष्पले गतवर्ष देखि घरेलु क्रिकेट छाडेका थिए । लामो समय सम्म प्रदेश एकबाट उनले घरेलु क्रिकेट खेलेका थिए ।

प्रदेश दुईमा क्यानले प्रकाश शर्मा र सुनिल कुमार शाहलाई नियुक्त गरेको छ । बागमती प्रदेशको प्रशिक्षकमा सन्जय महर्जन नियुक्त भएका छन् । गण्डकी प्रदेशमा रिजन प्रजुलाई नियुक्त गरेको छ । लुम्बिनी प्रदेशमा नेपाली यू१६ प्रशिक्षक समालि सकेका वसन्त शाही ठकुरी र जमिल अन्सारीलाई नियुक्त भएका छन् । कर्णाली प्रदेशमा विरेन्द्र शाही, सुदूरपश्चि प्रदेशमा खेमराज भट्ट र जानकी भट्टलाई नियुक्त गरेको छ ।

क्यानले गत जेठमानै १६ प्रशिक्षकको अन्तरवार्ता लिइसकेको थियो । क्यानले गतवर्ष भदौमा नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक सहित सातै प्रदेश प्रशिक्षक नियुक्त गरेको थियो । प्रशिक्षक पदका लागि कुल २४ प्रशिक्षकले आवेदन दिएका थिए । क्यानको आवेदन अनुसार प्रदेश प्रशिक्षकमा कम्तिमा लेभल एक क्रिकेट कोचिङ गरेको र २५ देखि ५५ सम्म उमेर भएको नेपाली नागरिक हुनुपर्ने योग्यता चाहिन्थ्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.