default_image

4 years ago

September 19, 2021

नेपालको प्लेइङ–११ मा तीन परिवर्तनको सम्भावना

338 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आज आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु टोली ओमानसँग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ पछि अल अमरेत क्रिकेट मैदानमा सुरु हुने छ । ओमान भ्रमणको अन्तिम खेलमा नेपाल जितका साथ अन्त्य गर्न चाहन्छ ।

पाकिस्तानी मुलका खेलाडीको बाहुल्यता भएको ओमान नेपालमाथि लगातार चौथो जित निकाल्ने सोचमा छ । नेपाल पहिलो पटक ओडिआईमा ओमानलाई हराउन चाहन्छ । पछिल्ला दुई खेलमा नेपाल ओमानसँग ५ विकेट र अमेरिकासँग ६ विकेटले पराजित भएको थियो । दुबै खेलमा बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा नेपालले कमजोर प्रदर्शन गरेको थियो ।

पछिल्ला दुवै खेलमा कमजोर प्रदर्शन गरेको हुँदा टोलीमा आज परिवर्तनको सम्भावना बढी छ । खेलाडीको प्रदर्शन, विपक्षी टोलीको कमजोरी, नेपालको आवश्यकता र टोली सन्तुलनलाई विशेष ध्यान दिँदै नेपालले तीन परिवर्तन गर्ने सम्भावना छ ।

फ्लप युवा अलराउन्डर कुशल मल्ललाई नेपालले बेन्चमा राख्ने लगभग निश्चित छ । उनले ओमान भ्रमणमा ५ खेलमा ७ रन बनाएका छन् । पपुवा न्युगिनीसँग दुबै खेलमा १-१ रनमा आउट भएका थिए । अमेरिकासँग पहिलो खेलमा एक र दोस्रो खेलमा शून्यमा आउट भएका थिए ।
ओमानसँग चार रनमा पेभिलिएन फर्केका थिए । नेपालको मध्यक्रम कमजोर हुनुमा कुशल नचल्नु एक कारण हो । कुशलको स्थानमा नेपाली क्रिकेट टोलीका सर्वाधिक अनुभवी ब्याट्सम्यान शरद भेषावकर खेल्ने सम्भावना उच्च छ ।

शरदले दबाबमा मध्यक्रममा टोलीलाई सम्हाल्न सक्छन् । उनको अनुभवको नेपाली क्रिकेटलाई आवश्यक पनि छ । मध्यक्रम बलियो बनाउन शरदनै नेपालको अन्तिम विकल्प हुन् । युवा खेलाडीको बाहुल्यता हुँदा टोलीमा उनको आवश्यक पनि धेरै देखिन्छ । उनको आगमनले मध्यक्रम बलियो हुने आशा राखिएको छ । शरद पार्टटाइम राम्रो स्पिन बलिङ गर्ने गर्दछन् ।

विकेटकिपर विनोद भण्डारीलाई पनि बेन्चमा राख्ने सम्भावना छ । उनी अमेरिकासँग १० र ओमानसँग ६ रनमा आउट भएका थिए । विकेटकिपरको विकल्पमा ओपनर आसिफ शेख टोलीमा छन् । आसिफले ओपनरको रुपमा राम्रो प्रभाव छाडि सकेका छन् । मध्यक्रम बलियो बनाउन नेपालले विनोदको स्थानमा आरिफ शेखलाई मौका दिने सम्भावना छ । आरिफ पपुवा न्युगिनीसँग पहिलो खेलपछि टोलीमा छैनन् । आरिफ मध्यक्रममा भरपर्दा ब्याट्सम्यान हुन् ।

पार्टटाइम बलिङको राम्रो विकल्प हुँदा आरिफको सम्भावना बढेको छ । नेपाली तीव्र गतिका बलरले ओमान भ्रमणमा कमजोर प्रदर्शन गरेका छन् । अझ पछिल्लो दुबै खेलमा प्रदर्शन निकै कमजोर छ । मध्यगतिका आरिफ टोलीलाई सहि नतिजा दिन सक्छन् । आरिफको आगमनले नेपाली टोली सन्तुलनमा धेरै फाइदा पुग्न सक्छ ।

तेस्रो परिवर्तनको रुपमा गुलशन झा छन् । अमेरिकाविरुद्ध डेब्यू गर्दै ब्याटिङमा २८ रन जोडेका गुलशनले बलिङ ३ ओभरमा ३१ रन खर्चेका थिए । गुशलनको स्थानमा नेपालले स्पिन अलराउन्डर पवन सरार्फलाई मौका दिने सम्भावना छ । पवन तल्लोक्रममा राम्रो ब्याटिङसँगै स्पिन बलिङ गर्ने गर्दछन् ।

ओमानसँगको पहिलो खेलमा नेपाली तीव्र गतिका बलरले सुरुवाती १० ओभरमै १ सय ८ रन बनाएका थिए । स्पिनरले राम्रो पूनरागमन गराउँदै खेललाई ३० औं ओभर सम्म पुर्याएका थिए । अमेरिकाले प्रस्तुत गरेको १ सय ७९ रनको विजयी लक्ष्य ओमानले ४९.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको थियो । जसक्रममा स्पिनर स्टिभ टेलरले १० ओभरमा २४ रन खर्चेर १ विकेट लिएका थिए ।

स्पिनर संघर्षको कारण अमेरिकाले पार्टटाइम बलर टेलरलाई पूरै ओभर गराएको थियो । अर्का स्पिनर निसर्ग पटेलले ९.४ ओभरमा २७ रन खर्चेका थिए । यस पटक घरेलु मैदानमा ओमान स्पिनरको सामना खुलेर गर्न सकेको छैन । पवन नेपालको राम्रो हतियार बन्न सक्छन् । पवन, शरद र आरिफको आगमनले नेपाली टोली मजबुत बन्नसक्छ । टोलीमा अन्य परिवर्तनको भने सम्भावना देखिदैन । पछिल्ला दुबै खेलमा सोमपालको प्रदर्शन कमजोर छ । दुबै खेलमा विकेटविहिन छन् । तर सोमपाल नेपालका पहिलो रोजाईका खेलाडी हुन् ।

नेपालको प्लेइङ-११ : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित कुमार पौडेल, शरद भेषावकर, सोमपाल कामी, आरिफ शेख, करण केसी, पवन सरार्फ, सन्दीप लामिछाने र सुशान भारी ।

यो पनि पढ्नुहोस्ः ह्वाटमोरको अन्तिम खेलमा सुखद नतिजा अपेक्षा

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.