default_image

4 years ago

September 19, 2021

करण बने ‘प्लेयर अफ द म्याच’

167 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसी आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमानविरुद्ध खेलको प्लेयर अफ द म्याच चुनिएका छन् ।

नेपाललाई ऐतिहासिक ७ विकेटको जित दिलाउन करणले उत्कृष्ट प्रदर्शन गरेका थिए । करण ओडिआई करिअरमा दोस्रो पटक प्लेयर अफ द म्याच चुनिएका हुन् । अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको ओमानलाई ३७.१ ओभरमा १ सय २१ रनमा अल आउट गर्न करणले घातक बलिङ गरेका थिए ।

करणले ८ ओभरमा १ मेडन सहित २५ रन खर्चेर ४ विकेट लिएका थिए । करणले ओमानका शीर्षक्रमका चार ब्याट्सम्यानलाई आउट गरेपछि नेपालले सामान्य लक्ष्य पाएको थियो । करणले सिरिजमा पहिलो पटक सुरुवाती ओभर बलिङ गर्ने जिम्मेवारी पाएका थिए । यसअघिका खेलमा विक्रम सोबले उक्त जिम्मेवारी सोमपाल कामीसँग निभाएका थिए ।

जितको लागि १ सय २२ रनको सामान्य विजयी लक्ष्य नेपालले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्ल ४६ बलमा ४ चौका र २ छक्का सहित ५२ रनमा अविजित रहे । शरद भेषावकर विजयी रन बटुल्दै एक रनमा अविजित रहे । युवा ब्याट्सम्यान तथा ओपनर आसिफ शेखले ४४ बलमा ७ चौका सहित ४० रनको योगदान दिए । नेपाललाई सहज जित दिलाउन आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि ९५ रनको कीर्तिमानी साझेदारी गरेका थिए । ओडिआई इतिहासमा नेपालबाट यो कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो ।

बलिङतर्फ करणले गरेको तेस्रो ओभरको चौथो बलमा स्कुपसट खेल्नेक्रममा एज लागेर ओपनर जतिन्दर सिंह फस्ट स्लिपमा आसिफ शेखबाट १३ रनमा क्याच आउट हुन पुगेका थिए । पहिलो खेलमा नेपालविरुद्ध शतक प्रहार गरेका जतिन्दरले दोस्रो खेलमा १३ बलमा १ चौका र १ छक्का प्रहार गरे । जतिन्दर आउट भएपछि ओमानले लगातार विकेट गुमाएको थियो ।

करणले नै गरेको सातौं ओभरको पाँचौ बलमा टप एज लागेर डेब्यू खेल खेलेका सुफ्यान मोहम्मद चार रनमा सुशान भारीबाट क्याच आउट हुन पुगे । त्यस्तै नवौं ओभरको पाँचौं बलमा करणले अयान खानलाई ७ रनमा बोल्ड आउट गर्दै ओमानलाई ३०–३ को कमजोर अवस्थामा पुर्याएका थिए ।

ओमानका कप्तान जिशान मकसुदलाई करणले ३४ औं ओभरको तेस्रो बलमा विनोद भण्डारीबाट ४१ रनमा क्याच आउट गराएपछि सस्तैमा समेटिएको थियो । ओमानका प्रमुख पाँच ब्याट्सम्यान मध्य चार करणले आउट गर्दै नेपालको जित सहज बनाएका थिए । तल्लोक्रममा सन्दीपले चार र शरद भेषावकरले दुई विकेट लिए ।

सन्दीप लामिछानेले ८.१ ओभरमा २ मेडन सहित १८ रन खर्चेर ४ विकेट लिएका थिए । करण ओडिआईमा दोस्रो पटक प्लेयर अफ द म्याच चुनिएका हुन् । करण यसअघि ओडिआईमा गतवर्ष अमेरिकासँग पहिलो खेलमा प्लेयर अफ द म्याच चुनिएका थिए । नेपाललाई ३५ रनको जित दिलाउन करणले ७.१ ओभरमा १ मेडन सहित १५ रन खर्चेर ४ विकेट लिएका थिए । जुन करणको ओडिआई करिअको सर्वोत्कृष्ट प्रदर्शन हो ।

नेपालले हालसम्म १६ ओडिआई खेल खेलेको छ । जसमा ९ खेलमा जित र ७ खेलमा हार बेहोर्नु परेको छ । सन्दीप सर्वाधिक धेरै तीन पटक प्लेयर अफ द म्याच चुनिएका छन् । सोमपाल कामी दुई र करण केसी दुई दुई तथा पारस खड्का र कुशल भुर्तेल १-१ पटक प्लेयर अफ द म्याच चुनिएका छन् ।

यो पनि : नेपाल फर्कने प्रशिक्षक ह्वाटमोरको इच्छा

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.