4 years ago
September 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मुख्य प्रशिक्षक डेभ ह्वाटमोरलाई नेपाली क्रिकेट टोलीले आइतबार राती जितका साथ सुखद बिदाई गरेको छ । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा ओमानलाई ७ विकेटले पराजित गर्दै ह्वाटमोर मुख्य प्रशिक्षकबाट बिदा भएका छन् ।

ह्वाटमोरले अघिल्लो महिना ओमान त्रिकोणात्मक सिरिजपछ नेपाली टोली छाड्ने बताएका थिए । कोरोना महामारीको कारण परिवारबाट टाढा हुँदा कठिन भएको भन्दै उनले श्रीलंका फर्किने बताएका थिए । ह्वाटमोर नेपाली टोलीको मुख्य प्रशिक्षकमा गत पुषमा एक वर्षको लागि नियुक्त भएका थिए । माघमा नेपाल आइपुगेका ह्वाटमोरले प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता र काठमाडौं मेयर्स एकदिवसिय क्रिकेट गरि दुई घरेलु प्रतियोगितामा युवा खेलाडीको प्रदर्शन हेरेका थिए । त्यस प्रर्दशनपछि ह्वाटमोरले नेपाली टोली निर्माण गरेका थिए ।
वैशाखमा नेपालले ह्वाटमोरको प्रशिक्षकमा नेदरल्यान्ड्स र मलेसियाविरुद्ध त्रिकोणात्मक सिरिजमा सानदार प्रदर्शनका साथ उपाधि जितेको थियो । त्रिकोणात्मक सिरिजमा नेपालले अन्तिम तीन खेलमा लगातार दुई सय माथिको योगफल बनाएको थियो । नेपालले फाइनलमा नेदरल्यान्ड्सविरुद्ध २ सय ३८ रन जोड्दै टि२० आई इतिहासकै सर्वाधिक ठूलो योगफल थियो ।
ह्वाटमोरले राजीनामा कारण कोरोना महामारीको समयमा परिवारबाट बस्न कठिन भएको बताएका छन् । तर त्यो नेपाल छाड्ने बाहना देखिन्छ । उनले भारतको बरोडा क्रिकेट टोलीसँग सम्झौता गरिसकेको भारतीय सञ्चार माध्यमले बताउँदै आएका छन् । उनी ओमान भ्रमणपछि भारतीय घरेलु प्रतियोगिता रणजी र शैद मुश्ताक अली सम्हाल्ने गरि बरोडासँग जोडिने तयारीमा छन् ।

ह्वाटमोर कोरोना महामारीको कारण धेरै समय नेपाली खेलाडीसँग भने रहन पाएनन् । ह्वाटमोरले नेपालमा ८ महिना अवधिमा राम्रोसँग काम गर्ने अवसर नै पाएनन् । नेपालमा नामिबियासँग खेल्ने तयारी गरेको सिरिज पनि हुन सकेन । ह्वाटमोरले त्रिकोणात्मक टि२० सिरिज बाहेक अन्य कुनैपनि अन्तर्राष्ट्रिय खेल हेर्न पाएनन् । ह्वाटमोरको एक महिना मासिक पारिश्रमिक नेपालमा १० हजार अमेरिकी डलर थियो । नेपाल सरकारको नियम अनुसार उनको तलबको सबै गरेर ३५ प्रतिशत रकम कर काटिन्छ । क्यानका अनुसार खाना, बस्न, कर सबै कटाएर उनले मासिक ६ हजार ५ सय देखि ७ हजार सम्म तलब पाउँथे ।
ह्वाटमोरको प्रशिक्षकमा नेपालले तीन अन्तर्राष्ट्रिय सिरिज खेल्यो । कुल ११ अन्तर्राष्ट्रिय खेलमा नेपाल ८ खेलमा जित र ३ खेलमा पराजित भयो । वैशाखमा त्रिकोणात्मक टि२० सिरिजमा नेपालले कुल पाँच खेलमा चार मा जित र एक खेलमा पराजित भएको थियो । पपुवा न्युगिनीसँगको दुबै खेलमा नेपालले सहज जित हात पारेको थियो । ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिजमा दुई खेलमा जित र दुई खेलमा हार बेहोर्नु पर्यो । अमेरिका ओमानसँग एक एक खेलमा जित निकाल्दा एक एक खेलमा पराजित हुन पुग्यो ।

अव नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक को बन्ने निश्चित छैन । खुल्ला आवेदन मार्फत लिने वा सोझै नियुक्त गर्ने छलफलमै क्यान अलमलिएको छ । ह्वाटमोरले विशेष गरी ब्याटिङमा धेरै सुधारको आशा देखाएर नेपाली क्रिकेट छाडेका छन् । ह्वाटमोरको सबैभन्दा ठूलो उपलब्धी लगातार असफल बनेको ओपनिङ जोडीमा समाधान निकालिदिएका छन् । युवा ओपनर आसिफ शेख र कुशल भुर्तेल ह्वाटमोरले ओपनिङमा प्रयोग गरेका नयाँ जोडी थिए । दुबैले टि२० र ओडिआईमा राम्रो प्रभाव छाडेका छन् ।
ह्वाटमोरले ओमानसँगको जितपछि नेपालको प्रशिक्षक रहँदा समर्थकको निरन्तर साथको लागि धन्यवाद व्यक्त गरे । ‘समर्थकको कुरा गर्नुपर्दा मैले धेरै सुनेको थिएँ । त्यसको केहि झलक महसुस पनि गर्न पाएँ,’ उनले सम्झिए, ‘नेपालमा भएको त्रिकोणात्मक सिरिजमा सरकारले प्रतिबन्ध लगाउनुअघि समर्थकसहितको वातावरणमा पनि खेल्यौं । समर्थकहरु मैदानमा आएर टोलीको साथ दिएको देख्दा खुसी लग्यो । नेपाली क्रिकेटलाई साथ दिनुहुने सबैलाई धन्यवाद ।’
अन्त्यमा उनले टोलीसँग भविष्यमा काम गर्नेबारे इच्छा पनि जाहेर गरे । ‘हुनसक्छ भविष्यमा फेरी हामी यो यात्रालाई निरन्तरता दिन सक्नेछौं । सम्भावना छ भने । तर सबैलाई निरन्तर साथको लागि धन्यवाद,’ उनले भने ।
यो पनि पढ्नुहोस् : ह्वाटमोरले देखाएको आशाको निराशाजनक अन्त्य
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]