default_image

4 years ago

September 22, 2021

नेपालको ओमान भ्रमणमा देखिएका पाँच कमजोरी

223 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोली ओमान भ्रमणमा आइसिसी विश्वकप लिग–२ ओडिआई त्रिकोणात्मक सिरिज खेलेर मंगलबार स्वदेश फर्किसकेको छ । ओमान भ्रमणमा कुल ६ खेल खेलेको नेपालले ४ मा जित र २ मा हार बेहोर्न पुग्यो ।

विश्वकप लिग–२ मा नेपालले अमेरिका र ओमानलाई एक एक खेलमा पराजित गर्दा एक एक खेलमा जित निकाल्न सफल भयो । नेपालले पपुवा न्युगिनीसँग दुई ओडिआई सिरिज खेलेको थियो । पहिलो खेलमा पपुवा न्युगिनीलाई दुई विकेट र दोस्रो खेलमा १ सय ५१ रनले पराजित गर्यो । अमेरिकालाई पहिलो खेलमा ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटलेनै पराजित हुन पुग्यो । तेस्रो खेलमा अमेरिकाले ६ विकेटले पराजित गरेको थियो । अन्तिम खेलमा ओमानलाई नेपालले ७ विकेटले हराउँदै सुखद अन्त्य गर्यो ।

युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको पूनरागमन, कप्तान ज्ञानेन्द्र मल्लको फर्किदो लय र युवा ओपनरको सानदार प्रभाव सकरात्मक पक्षका रुपमा रहे । नेपालले ओमान भ्रमणमा सर्वाधिक रन पपुवा न्युगिनीविरुद्ध २ सय ३३ रन बनायो भने सबैभन्दा कम लक्ष्य पछ्याउँदा ओमानविरुद्ध १ सय २२ रन रह्यो । विशेषगरि ओमान भ्रमणमा नेपालले सम्भावना, आशा र क्षमता अनुसारको प्रदर्शन भने गर्न सकेन । नेपालको आशा र अपेक्षा यो भन्दा धेरै थियो ।

मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले प्रतियोगिता मुखमै राजीनामा दिँदा खेलाडीको मनोबलमा असर पुग्यो । अर्कोतर्फ ओमानको उच्च तापक्रममा खेल्न खेलाडीलाई केहि कठिनाई रह्यो । सकारात्मक र नकारात्मक दुवै पक्ष रहे । ओमान भ्रमणबाट नेपालले आगमी दिनमा धेरै सुधार गर्नुपर्ने देखिन्छ । त्यसको लागि ती समस्या र कमजोरीबाट राम्रो पाठ सिक्दै अघि बढ्नुपर्छ । ओमान भ्रमणमा नेपाली टोलीमा देखिएका पाँच समस्या यस प्रकार रहे ।

५. दबाबमा साझेदारीको कमी

ओमानमा नेपालको ब्याटिङ कमजोर देखिनुमा साझेदारीको अभाव एक मुख्य कारण हो । साझेदारी बिनाकुनैपनि टोलीले ठूलो योगफल बनाउन सक्दैन । नेपालले ओमान ६ ओडिआई खेल खेल्दा सर्वाधिक ठूलो साझेदारी ९५ रनको रह्यो । उक्त साझेदारी आसिफ शेख र ज्ञानेन्द्रले ओमानले प्रस्तुत गरेको १ सय २२ रनको सामान्य लक्ष्य पछ्याउँदा दोस्रो विकेटका लागि थियो ।

दोस्रो ठूलो साझेदारी ज्ञानेन्द्र र रोहितले तेस्रो विकेटका लागि पिएनजीविरुद्ध दोस्रो खेलमा तेस्रो विकेटका लागि ८९ रन थियो । त्यहि साझेदारीको कारण ओमानमा नेपालले सर्वाधिक ठूलो २ सय ३३ रन बनाएको थियो । एक ब्याट्सम्यान चल्दा अर्कोले राम्रो साथ दिन सकेनन् । जसको कारण ठूलो साझेदारी बन्न सकेन । पिएनजीसँग रोहितले ८६ रनको इनिङ खेल्दा अर्को एण्डबाट साथ पाउन सकेनन् ।

अमेरिकासँग दोस्रो खेलमा कुशल भुर्तेलको ८४ रन र रोहितको अविजित ६२ रनको सहयोगले नेपालले २ सय ३१ रनको विजयी लक्ष्य पूरा गरेको थियो । उक्त खेलमा विनोद र रोहितले पाँचौ विकेटका लागि ८३ रनको साझेदारी गर्दा जित सम्भव बनेको थियो । ओमानविरुद्ध आसिफले ९० रनको इनिङ खेल्दा अर्को तर्फबाट साथ नपाउँदा नेपाल १ सय ९६ रनमा समेटिएको थियो । त्यसैले नेपालले बलियो योगफल बनाउन ठूला साझेदारीमा ध्यानदिन आवश्यक छ । यो नेपाली क्रिकेटको नयाँ समस्या भने होईन ।

४. तीव्र गतिका बलरको कमजोर प्रर्दशन

ओमानमा नेपाली तीव्र गतिका बलरको प्रदर्शन कमजोर रह्यो । ओमान भ्रमणमा नेपालले कुल पाँच मध्य चार तीव्र गतिका बलर खेलाएको थियो । अभिनाश बोहरा सबै खेलमा बेन्चमा बसे । चार तीव्र गतिका बलरले कुल ८२.१ ओभर बलिङ गर्दै ४ सय ७८ रन खर्चेर १५ विकेट लिए । जवकी स्पिनर सन्दीप लामिछानेले एक्लैले ६ खेलमा ४१.५ ओभरमा १ सय ३३ रन खर्चेर १८ विकेट लिँदै उच्च प्रदर्शन गरेका थिए ।

सोमपाल कामीले ६ खेलमा ३५ ओभर बलिङ गर्दै १ सय ८५ रन खर्चेर २ विकेट मात्र लिन सके । त्रिकोणात्मक सिरिजका चारै खेलमा विकेट लिन सकेनन् । गुलशन झाले डेब्यू खेलमा ३ ओभरमा ३१ रन खर्चेर विकेट लिन सकेनन् । विक्रम सोबले ४ खेलमा १७.१ ओभरमा ९५ रन खर्चेर ५ विकेट लिए । करणले ५ खेलमा २७ ओभर बलिङ गर्दै १ सय ६७ रन खर्चेर ८ विकेट लिए । जसमा अन्तिम खेलमा ओमानविरुद्ध चार विकेट थियो । तीव्र गतिका बलरको कमजोर प्रदर्शन गम्भीररुपमा सोच्न आवश्यक छ ।

ओमानको अल अमरेत मैदान तीव्र गतिका बलरलाई बढी सहयोगी मानिन्छ । प्रशिक्षक ह्वाटमोरले पनि प्रतियोगिताअघि तीव्र गतिका बलरबाट धेरै आशा रहेको बताएका थिए । सहयोगी पिचमै तीव्र गतिका बलर नचल्नु पक्कै नेपाली क्रिकेटको लागि राम्रो संकेत भने होईन । बलर आफैंले गहन रुपमा सोच्दै सुधार गर्नतर्फ लाग्नुपर्छ । आगामी सिरिजमा पनि तीव्र गतिका बलरको प्रदर्शन यस्तै खराब रहेमा नेपालको जित कठिन देखिन्छ ।

३. ब्याकअप स्पिनरको कमी

एक समय नेपाली टोलीको प्लेइङ–११ मा चार स्पिनर हुने गर्दथे । अहिले खुम्चिएर दुईमा झरेको छ । सन्दीपमा नेपाली बलिङ धेरै निर्भर रहँदै आएको छ । तर सन्दीप नचले वा खेल्न नसक्ने भएमा नेपाल संकटमा पर्न सक्छ । ओमानसँगको पहिलो खेलमा सन्दीप पेटको समस्या कारण खेल्न सकेनन् । त्यसको भरपूर फाइदा उठाउँदै ओमानले सहज जित निकालेको थियो । जसमा सुरुवाती १० ओभरमै १ सय ८ रन जोडेको थियो ।

स्पिनर सुशान भारीको प्रर्दशन कमजोर रह्यो । भारीले ५ खेलमा ४ विकेट लिए । स्पिनरमा भारीले राम्रो गरेपनि नगरेपनि नेपालसँग विकल्प थिएन । तीव्र गतिका बलरले कमजोर गर्दा स्पिनर विकल्प थप्ने विकल्प पनि थिएन । व्याकअप स्पिनरमा नराख्नु ठूलो समस्या हो । सन्दीप ओमानसँगको खेलमा जस्तै अन्यमा अप्रत्याशित रुपमा खेल्न नसक्ने अवस्था आएको भए नेपाल ठूलो समस्यामा पर्ने निश्चित थियो ।

२. मध्यक्रम र तल्लोक्रम कमजोर ब्याटिङ

नेपालको ओमान भ्रमणमा मध्यक्रम र तल्लोक्रम ब्याटिङ निकै कमजोर रहँदा ब्याटिङमा सोचे अनुसार योगफल बन्न सकेन । सर्वाधिक रन रोहितले बनाए । रोहितले ६ खेलमा २ अर्धशतक सहित कुल २ सय १७ रन बनाए । दोस्रो स्थानमा रहेका ज्ञानेन्द्रले ६ खेलमा २ अर्धशतक सहित कुल १ सय ९६ रन बनाए । समान खेलमा आसिफ शेख १ सय ८९ रन र कुशल भुर्तेल १ सय ४४ रन बनाए । सर्वाधिक रन बनाउनेमा यी शीर्ष चारका ब्याट्सम्यान रहे ।

अन्य ११ खेलाडीले कुल २ सय ७३ रन बनाउन सके । करणले ४ इनिङमा ७६ र विनोदले समान इनिङमा ७० रन बनाए । सोमपाल कामीले ४२, गुलशन झा २८, सन्दीप लामिछाने २७ रन बनाए । अन्यको प्रदर्शन सम्झनलायक छैन । नेपालको ब्याटिङ कमजोर बन्नु र ठूलो योगफल बन्न नसक्नुमा मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यानको खराब प्रदर्शन मुख्य कारण थियो । विशाल योगफल बनाउन राम्रो सुरुवात मात्र भएर हुँदैन मध्यक्रम र अन्त्य पनि त्यतिनै उत्कृष्ट हुनुपर्छ । मध्यक्रम र तल्लोक्रम समस्या समाधानको लागि नेपालले समयमै सोच्न आवश्यक देखिन्छ ।

१. खराब सट छनोट र गैर जिम्मेवार ब्याटिङ

गैर जिम्मेवारी ब्याटिङ र खराब सटले नेपाली टोलीलाई पुन निराश बनायो । क्षमतामा कुनै कमी छैन । तर मैदानमा खेलाडीमा जिम्मेवारी लिएर खेल्न भने सकेका छैनन् । ओमान भ्रमणमा केहि खेलाडीमा मात्र जिम्मेवारी प्रदर्शन देख्न सकिन्थ्यो । विपक्षीको उत्कृष्ट बलिङ आक्रामणले भन्दा पनि खराब सट छनोट गर्दै आफ्नै कारणले बढी विकेट दिएका थिए । रन त्यसै बन्दैन ।

त्यसकौ लागि सहि सट छनोट, जिम्मेवारी ब्याटिङ, धैर्यता, परिस्थीति र पिच अवस्थालाई हेर्दै रन जोड्न सक्नुपर्छ । नेपालले ब्याटिङमा सुधार गर्ने हो भने पहिला जिम्मेवारी र सहि सट छनोट बढी ध्यान दिन आवश्यक देखिन्छ । अन्यथा नेपाली ब्याटिङ सुधार हुन कठिन पर्न सक्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.