4 years ago
September 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका युवा ब्याट्सम्यान सुमित महर्जनलाई यति स्पोर्ट्सले क्रिकेट सामग्री प्रायोजन गरेको छ । सुमितलाई एक वर्षको लागि यति स्पोर्ट्सले प्रायोजन गरेको हो ।

यति स्पोर्ट्सका मालिक सुधिर महर्जन र सुमितबीच एक वर्षको सम्झौता भएको छ । सम्झौता अनुसार सुमितलाई आवश्यक पर्ने क्रिकेट सामग्री एकवर्ष सम्म यति स्पोर्ट्सले प्रदान गर्ने छ । प्रायोजनपछि सुमितले आफूलाई धेरै सहयोग मिल्ने बताए । ‘कुनै सामग्री किन्न पर्दा आर्थिक रुपमा कठिन भएको हुन्छ । यस प्रायोजनले आर्थिक रुपमा पनि धेरै राहत भएको महसुस गरेको छु’, सुमितले सम्झौतापछि भने ।
सुमितले शनिवारबाट सुरु हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग उनले विराटनगर वारियर्सबाट खेल्दैछन् । घरेलु क्रिकेट सुमितले एपिएफबाट खेल्दै आएका छन् । नेपाली यू१६ को कप्तानी भूमिका निर्वाह गरि सकेका सुमित मध्यक्रममा नेपाली ब्याटिङमा सम्भावना देखाएका युवा खेलाडी हुन् । सन् २०१४ मा नेपालको यू-१६ टोलीको कप्तानी सम्हालेका थिए ।

यू९१६ मा उनको कप्तानीमा नेपालले एसीसी इस्टर्न रिजन यू-१६ को उपाधि जितेको थियो । नेपाली घरेलु क्रिकेटमा पर्याप्त अवसर पाउन नसक्दा उनी ओझेलमा पर्दै आएका छन् । सुमित नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाउँदै आएका छन् । तर बन्द प्रशिक्षणबाट अन्तिम टोलीमा स्थान बनाउन संघर्षरथ छन् ।
सुमितको बारे सम्पूर्ण जानकारी पाउन यो पढ्नुहोस् : सिमित अवसरमा फक्रिएका सुमित
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]