default_image

4 years ago

September 24, 2021

नेपालमा खेल्न तमिम उत्साहित

183 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको राष्ट्रिय क्रिकेट टोलीका ओपनर तमिम इकबालले नेपालमा खेल्न उत्साहित रहेको बताएका छन् । तमिम शनिबारदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्न शुक्रबार राती नेपाल आइपुगेका हुन् ।

भैरहवा ग्ल्याडीयटर्ससँग अनुबन्धित तामिमले त्रिभुवन विमानस्थलमा शुक्रबार बोल्दै नेपालमा खेल्न उत्साहित रहेको बताए । ‘राम्रो लागिरहेको छ । नेपालमा खेल्न उत्साहित छु । नेपाल एकदम सुन्दर देश हो । मैले यसअघि सन् २०१४ को विश्वकपमा नेपालविरुद्ध खेलेको थिएँ,’ उनले भने, ‘इपिएलमा खेल्नका लागि तयार छु । आशा गरौं हाम्रो लागि प्रतियोगिता राम्रो हुनेछ र मैले टोलीको लागि योगदान दिनेछु ।’

नेपालमा पहिलो पटक आएका तमिमले इपिएललाई आफ्नो करिअरको नयाँ चुनौतीको रुपमा लिएका छन् । ‘म यहाँ आउनुअघि देखि नै टोलीसँग नियमित सम्पर्कमा छु । मेरो लागि करिअरमा यो नयाँ चुनौती हो । अब पर्सीको खेलको लागि तयारी गरिरहेको छु,’ उनले भने ।

नेपाली क्रिकेटबारे भने खासै जानकारी नरहेको उनले स्वीकारे । ‘नेपाली क्रिकेटबारे धेरै थाहा छैन । यसअघि विश्वकपमा एकपटक खेलेको छु । सन्दीप लामिछाने बंगलादेशको लिग खेल्न आएका थिए, उनलाई चिनेको छु ।अन्य केहि खेलाडीलाई पनि चिनेको छु,’ उनले थपे ।

अर्को महिना ओमान र यूएईमा हुने टि२० विश्वकपका लागि तमिमले आफैं बंगलादेशको टोलीमा नरहने बताएका थिए । उनी चोटका कारण बाहिर रहेको बेलामा अन्य खेलाडीले लगातार टि२० मा राम्रो प्रदर्शन गरेका कारण उनले आफैं टोलीमा नरहने बताएका थिए । उनले पछिल्लो ३ सातादेखि भने स्थितिमा सुधार आएको बताए ।

‘म पछिल्लो २-३ महिनायता चोटका कारण बाहिर थिएँ । पछिल्लो ३ सातायता भने स्थितिमा सुधार भएर खेल्न सक्ने भएको छु । बंगलादेशमा पनि प्रशिक्षण गरिरहेको थिएँ । आशा छ कि राम्रो सुरुवात गर्नेछु । पर्सीको नतिजा के हुन्छ भन्न सक्दिन तर आफ्नो तर्फबाट सक्दो राम्रो गर्ने प्रयास हुनेछ,’ उनले टुंग्याए ।

३२ वर्षिय बायाँ हाते बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान तमिमले ६४ टेस्ट, २ सय १९ ओडिआई, ७८ टि२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । तमिमसँग २ सय २९ टि२० खेलको अनुभव छ । तमिम बंगलादेशबाट टेस्ट र ओडिआईमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । टि२० आईमा बंगलादेशबाट सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा छन् ।

३२ वर्षिय बायाँ हाते बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान तमिमले ६४ टेस्ट, २ सय १९ ओडिआई, ७८ टि२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । तमिमसँग २ सय २९ टि२० खेलको अनुभव छ । तमिम बंगलादेशबाट टेस्ट र ओडिआईमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । टि२० आईमा बंगलादेशबाट सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा छन् ।

भैरहवा टोली : शरद भेषावकर (कप्तान), रोहित कुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, अभिनाश बोहरा, प्रदीप ऐरी, भुवन कार्की, कृष्ण कार्की, हरिशंकर शाह, दीपेश श्रेष्ठ, विकास आग्री, दुर्गेश गुप्ता, हिमान्शु दत्त, तुल बहादुर थापा, मौसम ढकाल, तमिम इकबाल (बंगलादेश), उपुल थरंगा (श्रीलंका), धाम्मिका प्रसाद (श्रीलंका) र शार्विन मुनिआन्दी (मलेसिया)

यो पनि :

प्रशिक्षक पुबुदु भन्छन् – ‘नेपाली क्रिकेटलाई सहयोग गर्न सधैं तयार छु’

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.