default_image

4 years ago

September 25, 2021

इपिएलमा दर्शकले छक्का क्याच गरे ५० हजार पुरस्कार

181 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबारदेखि सुरु भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा खेलाडीले प्रहार गरेको छक्का दर्शकले एक हातले क्याच गरे ५० हजार रुपैयाँ प्रदान गरिने भएको छ ।

प्रतियोगिताको पहिलो दिन ललितपुर प्याट्रीयट्स र काठमाडौं किंग्स ११ को खेलका दौरान नै आयोजकले यसबारे जानकारी दिएको थियो । मैदानमा खेलदौरान प्रहार गरिएको छक्का दर्शकले एक हातले समाउनु पर्ने नियम रहेको छ । शनिबार पहिलो दिन अनुमानित ५ हजार बढी दर्शक उपस्थित रहेको खेलमा छक्का प्रहार गर्दा बल पटक पटक दर्शकसम्म पनि पुगेको थियो । तर कसैले पनि बल समाउन सकेनन् ।

घरेलु क्रिकेटमा यो नयाँ प्रयोग भने होइन । यसअघि पनि फ्रेन्चाइज क्रिकेट र घरेलु प्रतियोगितामा यस किसिमका दर्शकलक्षित योजना आउने गरेको छ । यसअघि इपिएलको गत संस्करणमा पनि एक दर्शकले छक्का हानेको बल एक हातले क्याच गरेर ५० हजार रुपैयाँ जितेका थिए ।

यसपटक इपिएलमा दर्शक प्रवेशमा कुनै रोकतोक गरिएको छैन । यसअघि नेपाल र भारतबीच दशरथ रंगशालामा भएको पुरुष राष्ट्रिय टोलीको मैत्रीपूर्ण फुटबल तथा नेपाल र बंगलादेशबीच भएको महिला राष्ट्रिय टोलीको फुटबलमा एक तिहाइ दर्शकलाई मात्र प्रवेश दिइएको थियो । इपिएलका लिग भने प्रशासनबाट कुनै निर्देशन प्राप्त भएको छैन ।

यो पनि : ‘समर्थककै लागि क्रिकेट खेल्ने हो’ – बर्ल

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.