4 years ago
September 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानका पूर्व कप्तान तथा स्टार अलराउन्डर शाहिद अफ्रिदी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेलेर आज पाकिस्तान फर्कंदै छन् । अफ्रिदी आज चार बजे फर्कनेछन् ।

अफ्रिदी काठमाडौं किंग्स इलेभेनबाट इपिएल दुई खेल खेल्न बिहीबार नेपाल आएका थिए । अफ्रिदीले इपिएलमा दुई खेल खेल्ने कार्यक्रम रहेपनि एक खेल मात्र खेलेर फर्किनु पर्ने भएका छ । शनिबार अफ्रिदीले ललितपुर प्याट्रियटर्सविरुद्ध पहिलो खेल खेलेका थिए । अफ्रिदीले ब्याटिङको अवसर नपाउँदा बलिङमा ४ ओभरमा ३२ रन खर्चेका थिए । काठमाडौंले ललितपुरमाथि ७ विकेटको सहज जित निकाल्दा ब्याटिङ गर्नु परेको थिएन ।
सोमबार अफ्रिदीले विराटनगर वारियर्सविरुद्ध खेल खेलेर स्वदेश फर्किने कार्यक्रम थियो । तर आइतबार वर्षाको कारण आउट फिल्ट भिजेको हुँदा खेल नै स्थगित हुन पुग्यो । यो खेल अर्को दिन गर्नेबारे आयोजकले सम्भाव्यता अध्ययन गरिरहेको छ । काठमाडौंले भोली हुने एकमात्र खेलमा पोखरा राइनोजसँग खेल्नेछ ।
अफ्रिदीले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । अफ्रिदीले नेपाल बसाइको क्रममा नेपाल मुश्लिम आयोगसँग पनि छलफल गरेका थिए । यसक्रममा उनले आइतबार माउन्ट फ्लाइट पनि गरेका थिए ।

सोमबार खेल स्थगित भएको केहि समयमै अफ्रिदीले टियु मैदान छाडेका थिए । अफ्रिदी नेपाल भ्रमणमा खेल भन्दा पनि मनोरञ्जन, कूटनीतिक भेटघाट र अफ्रिदी फाउन्डसेनको काममा बढी ब्यस्त देखिए । अफ्रिदी फ्रेन्चाइज लिग खेल्न नेपाल आउने सर्वाधिक ठूला नाम हुन् । अफ्रिदी फर्केसँगै अव उनको स्थानमा सिंगापुरका अलराउन्डर जनक प्रकाशले खेल्नेछन् ।
यो पनि पढ्नुहोस् : यस्तो रह्यो अफ्रिदीको चार ओभर
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]