default_image

4 years ago

September 30, 2021

कप्तान सन्दीपलाई जरिवाना

191 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर तथा काठमाडौं किंग्स इलेभेनका कप्तान सन्दीप लामिछानेलाई एभरेष्ट प्रिमियर लिग (इपिएल) मा जरिवाना लागेको छ । काठमाडौंका कप्तान सन्दीपले चितवन टाइगर्सविरुद्ध खेलमा स्वलो ओभर रेटका कारण १० प्रतिशत म्याच फि जरिवाना लागेको छ । सन्दीप बाहेक चितवन विरुद्ध प्लेइङ ११ मा खेलेका बाँकी १० खेलाडीलाई म्याच फि को २ प्रतिशत जरिवाना काटिने भएको छ ।

म्याच रेफ्रि मोहम्मद सफिक (समिर खान) ले एक ओभर स्वलो ओभर रेटका कारण उक्त रकम जरिवना लागेको जनाएका छन् । सन्दीप कप्तान भएको कारण १० प्रतिशत म्याच फि जरिवाना लागेको हो । इपिएलको यस सिजनमा स्वलो ओभर रेटका कारण कारबाही पर्ने सन्दीप पहिलो कप्तान हुन् ।

बिहीबार पहिलो खेलमा काठमाडौं किंग्स इलेभेन चितवन टाइगर्स ३ विकेटको पराजित भएको थियो । जितको लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको चितवनले १८.४ ओभरमा विकेट ७ गुमाउँदै पूरा गर्यो । चितवनका राजेश पुलामी २९ बलमा २ छक्का सहित २६ रनमा अविजित रहे । कमलसिंह ऐरी १५ बलमा १ चौका र २ छक्का सहित २३ रनमा अविजित रहे ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । काठमाडौंका ओपनर सुवास खकुरेलले ३४ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ३५ रनको योगदान दिए । राजु रिजालले २० बलमा ३ चौका र २ छक्का सहित २८ रनको योगदान दिए । तल्लोक्रममा जनक प्रकाश १६ बलमा १ चौका र २ छक्का सहित २६ रन बनाए ।

चितवनका स्पिनर सागर ढकालले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको थियो । काठमाडौंले साविक विजेता ललितपुरलाई ७ विकेटले पराजित गरेको थियो । चितवनले पहिलो खेल अव शुक्रबार पोखरा राइनोजसँग खेल्ने छ । काठमाडौंले शनिवार भैरहवासँग खेल्ने छ ।

चितवनविरुद्ध काठमाडौंको प्लेइङमा रहेका खेलाडी :

सन्दीप लामिछाने, सुवास खकुरेल, अमित श्रेष्ठ, सिद्धान्त लोहनी, जनक प्रकाश, राजु रिजाल, जितेन्द्र मुखिया, अंमर सिंह राउटेला, रायन बर्ल गुलशन झा, रहमानउल्लाह गुरबाज ।

यो पनि पढ्नुहोस्ः थरंगाको छक्काले टियु क्यान्टिनको सिसा फुट्यो

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.