4 years ago
October 3, 2021
एजेन्सी – भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीले युवा स्टार यशस्वी जैसवालको ब्याटमा हस्ताक्षर गरेका छन् । शनिबार राती इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गर्न जैसवालले उत्कृष्ट प्रदर्शन गरेपछि धोनीले ब्याटमा हस्ताक्षर गरेका हुन् ।

शनिबार राती राजस्थानले १ सय ९० रनको विजयी लक्ष्य १७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो । जैसवालले आइपिएल करिअरको पहिलो अर्धशतक १९ बलमै प्रहार गरेका थिए । जैसवालले २१ बलमा ६ चौका र ३ छक्का सहित ५० रनको उत्कृष्ट सुरुवात दिएपछि राजस्थानले सहज जित हात पारेको थियो । शिवम दुबे ४२ बलमा ४ चौका र ४ छक्का सहित ६४ रनमा अविजित थिए ।
त्यसअघि चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो । युवा ब्याटर ऋतुराज गायकवाडले ६० बलमा ९ चौका र ५ छक्का सहित सहित १ सय १ रनको उत्कृष्ट इनिङ खेलेपछि चेन्नईले बलियो योगफल तयार पारेको थियो । धोनी जैसवालका आदर्श खेलाडी हुन् । गतवर्ष आइपिएलमा चेन्नईसँग पहिलो खेलमा जैसवालले पहिलो पटक भेट्दा धोनीलाई नमस्ते गरेको तस्विरले सामाजिक सञ्जालमा राम्रो चर्चा पाएको थियो ।

जैसवालले आइपिएलमा गतवर्ष चेन्नईविरुद्धनै डेब्यू गरेका थिए । १९ वर्षिय बायाँ हाते ओपनर जैसवाललाई भारतीय क्रिकेट टोलीको भविष्य मानिन्छ । जैसवालले भारतको उमेर समूह र घरेलु क्रिकेट दुबैमा सानदार प्रदर्शन गर्दै आएका छन् । राजस्थानलाई प्लेअफको सम्भावना कायमै राख्न उक्त खेल जित्नैपर्ने दबाब थियो । गत वैशाखमा इंग्ल्यान्डका विकेटकिपर ब्याटर जस बटलरले जैसवालबाट प्रभावित हुँदै आफूले खेल्ने ब्याटनै उपहार दिएका थिए ।
आइपिएलमा धेरैले जैसवाललाई शिखर धवनको उत्तराधिकारीको रुपमा हेर्दै आएका छन् । गतवर्ष अक्सनमा राजस्थानले जैसवाललाई २ करोड ४० लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । उनले गतवर्ष दक्षिण अफ्रिकामा भएको यु१९ विश्वकपमा ६ खेलमा १ शतक र ४ अर्ध शतक सहित कुल ४ सय रनका साथ शीर्ष स्थानमा रहँदै सर्वोउत्कृष्ट खेलाडी चुनिएका थिए ।

उनले पाकिस्तानविरुद्ध १ सय १३ बलमा ८ चौका र ४ छक्का सहित १ सय ५ रनमा अविजित रहँदै १० विकेटको जित दिलाएका थिए । उनले दुई वर्षअघि लिष्ट ए मा २ सय ३ रन बनाउँदै कम उमेरमा दोहोरो शतक प्रहार गर्ने कीर्तिमान कायम गरेका थिए ।
जैसवालको संघर्षपूर्ण जीवनीबारे यसअघि लेखिएको लेख : यशश्वी जैश्वाल : पानीपुरी ठेलादेखि आईपीएल करोडपति मेलासम्म
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]