default_image

4 years ago

October 5, 2021

इपिएल : सर्वाधिक रन बनाउनेमा विदेशीकै दबदबा

220 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ब्याटिङ नेपाली क्रिकेटको परम्परा समस्या हो । अन्तर्राष्ट्रिय र घरेलु दुवै प्रतियोगितामा नेपाली ब्याटरको प्रदर्शन कमजोर रहने गर्दछ । कमजोर ब्याटिङले एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा पनि निरन्तरता पाएको छ । इपिएलको लिग चरणका खेल सकिँदा ब्याटिङमा तुलनात्मक रुपमा विदेशी खेलाडीको प्रदर्शन नै अब्बल रह्यो ।

सर्वाधिक रन बनाउने शीर्ष १० ब्याटरमा ३ मात्र नेपाली खेलाडी रहे । तीनै ब्याटर वर्तमान राष्ट्रिय टोलीमा छैनन् । त्यसमध्य दुई जनाले हालसम्म राष्ट्रिय टोलीमा खेलेकै छैनन् । यस संस्करणमा राष्ट्रिय टोलीमा रहेका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । वर्षा र भिजेको आउटफिल्डले प्रतियोगिता खल्लो बनाइरहँदा स्वदेशी खेलाडीको कमजोर प्रदर्शनले त्यति धेरै उत्साह आउन सकेन । यसअघि पनि विदेशी खेलाडीकै प्रदर्शन उत्कृष्ट हुने गर्दथ्यो । तर विगतझैं यसपटक विदेशी खेलाडीबाट पनि अपेक्षा अनुसार ब्याटिङ प्रदर्शन देखिएको छैन ।

ललितपुर प्याट्रियट्सले विराटनगर वारियर्सविरुद्ध इपिएल इतिहासकै सर्वाधिक २ सय २६ रन बनाएको थियो । लिगमा कुल १६ अर्धशतक प्रहार भए । जसमा ५ नेपाली खेलाडीको नाम छ । समग्रमा इपिएलको चौथो संस्करणमा सर्वाधिक रन बनाउने १० खेलाडी यस प्रकार छन् ।

१०. अनिल कुमार शाह (विराटनगर)

राष्ट्रिय टोलीबाट खेलिसकेका युवा विकेटकिपर अनिलले इपिएलमा औसत प्रदर्शन गरे । राष्ट्रिय टोलीमा पूनरागमनको पर्खाइमा रहेका अनिलले ५ खेलमा १२७ को स्ट्राइक रेटमा कुल १ सय ८ रन बनाए । औसत २७ को रहँदा प्रतियोगिताभर ८५ बलको सामना गरे । उनले ५ चौका र ७ छक्का प्रहार गरे ।

काठमाडौंसँग १६ बलमा २ चौका र ५ छक्का सहित ४५ रनमा अविजित रहँदै प्लेयर अफ द म्याच चुनिएका थिए । अन्य खेलमा प्रदर्शन अपेक्षा अनुसार हुन सकेन । पहिलो खेलमा चितवन टाइगर्ससँग ३२ र भैरहवा ग्ल्याडियटर्ससँग ११ रनमा आउट भएका थिए । अनिल ललितपुरसँग ८ र पोखरासँग खेलमा १२ रनमा आउट भएका थिए । विराटनगर प्रतियोगितामा पुछारमा रहेर बाहिरियो ।

९.आजमतुल्लाह ओमरजाई (ललितपुर)

अफगानिस्तानका युवा स्टार आजमतुल्लाह ओमरजाईले तल्लोक्रममा राम्रो प्रदर्शन गरेका थिए । उनले ४ खेलमा १८८ को स्ट्राइकरेटमा एक अर्धशतक सहित कुल १ सय ९ रन बनाए । उनको औसत ३६ को रहँदा २ चौका र १२ छक्का प्रहार गरे । उत्कृष्ट प्रदर्शन र कुल बलको सामना ५८–५८ रह्यो । पहिलो खेलमा पोखरासँग १ रनमा आउट भएका थिए । तर दोस्रो खेलमा भैरहवाविरुद्ध २२ बलमा २ चौका र ४ छक्का सहित ४२ रन जोडेका थिए ।

तेस्रो खेलमा विराटनगरविरुद्ध २४ बलमा ७ चौका सहित कुल ५८ रनको आक्रामक इनिङ खेलेका थिए । उक्त खेलमानै ललितपुरले इपिएल इतिहासकै विशाल योगफल बनाएको थियो । बलिङमा ४ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए । चितवनसँग उनी ८ रनमा आउट हुनुको साथै २ विकेट लिए ।

८. विवेक कुमार यादव (पोखरा राइनोज)

पोखरालाई दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुर्याउन युवा ब्याटर विवेक कुमार यादवको प्रदर्शन उत्कृष्ट रह्यो । विवेकले खेलेको ५ खेल मध्य ३ इनिङमा ब्याटिङ गर्दै कुल १ सय १० रन बनाएका छन् । विवेकको स्ट्राइकरेट १२४ को रहँदा कुल ८९ बल खेलेका थिए । जसमा ८ चौका र ६ छक्का सामेल छ ।

विवेक पहिलो खेलमा भैरहवासँग १६ रनमा अविजित रहेका थिए । चितवनसँग विवेकले ४५ बलमा ३ चौका र ३ छक्का सहित ५३ रनमा अविजित इनिङ खेलेका थिए । काठमाडौंलाई पराजित गर्न विवेक २८ बलमा ४ चौका र २ छक्का सहित ४१ रनमा अविजित रहेका थिए । तीन विकेट लिएका विवेक प्लेयर अफ द म्याच चुनिएका थिए । तल्लोक्रममा ब्याटिङको अवसर पाएका विवेकले राम्रो सदुपयोग गरेका छन् ।

७. रिचर्ड लेभी (पोखरा)

दक्षिण अफ्रिकी ओपनर रिचार्ड लेभी यस सिजनमा अपेक्षा गरे अनुसार चल्न सकेका छैनन् । गत सिजनमा लेभीले विष्फोटक ब्याटिङ गरेका थिए । लेभीले ५ खेलमा कुल १ सय २२ रन बनाएका छन् । स्ट्राकरेट १ सय ५२ को रहँदा औसत ३०.५० छ । लिगमा कुल ८० बल खेलेका उनले १२ चौका र ७ छक्का प्रहार गरेका छन् ।

लेभी पहिलो खेलमा भैरहवासँग शून्य, ललितपुरसँग ३८ अविजित र चितवनसँग २० रन बनाएका थिए । विराटनगरसँग ४७ र काठमाडौंसँग खेलमा १७ रनमा आउट भएका थिए ।

६.सिकन्दर राजा (विराटनगर)


जिम्बावेका टि२० कप्तान सिकन्दर राजाले राम्रो प्रदर्शन गरेपनि अन्य खेलाडी नचल्दा टोली लिगबाटै बाहिरिन पुग्यो । राजाले ५ खेलमा १ अर्धशतक सहित कुल १ सय २९ रन बनाए । स्ट्राकइकरेट १३९ को रहँदा औसत २५.८० कोछ । कुल ९३ बल खेलेका राजाले ६ चौका र १२ छक्का प्रहार गरे ।

राजाले पहिलो खेलमै चितवनविरुद्ध ४७ बलमा २ चौका र ७ छक्का सहित ६७ रन बनाउनुको साथै २ विकेट लिएका थिए । भैरहवासँग ५, ललितपुरसँग २४, पोखरासँग २९ र काठमाडौंसँग खेलमा ४ रनमा आउट भएका थिए ।

५. भीम सार्की (चितवन)

चितवन टाइगर्सका भीम सार्की यस सिजनको इपिएलमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी हुन् । चितवनलाई शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुर्याउन भीमको प्रदर्शन महत्वपूर्ण रह्यो । भीमले ५ खेलमा १ अर्धशतक सहित कुल १ सय ३३ रन बनाएका छन् । उनले १ सय ३३ को स्ट्राइक रेटमा रन बनाएका छन् । कुल १ सय बल खेलेका भीमले १५ चौका र ४ छक्का प्रहार गरेका छन् ।

भीमले पहिलो खेलमा विराटनगरसँग ११ बलमा ५ चौका र १ छक्का सहित आक्रामक ३० रन जोडेका थिए । काठमाडौंसँग ६ रनमा आउट हुँदा पोखरासँग ५४ रनको अविजित इनिङ खेलेका थिए । ललितपुरसँग २७ र भैरहवासँग १६ रनमा आउट भएका थिए । भीमले इपिएलमा राम्रो प्रदर्शन गर्दै टोलीमा पूनरागमनको सम्भावना देखाएका छन् ।

४. रायन बर्ल (काठमाडौं)

जिम्बावेका स्टार अलराउन्डर रायनले इपिएलमा राम्रो प्रदर्शन गरेका छन् । रायनले ४ खेलमा २ अर्धशतक सहित १५९ को स्ट्राइकरेटमा कुल १ सय ३८ रन बनाएका छन् । औसत ४६ को रहँदा ८७ बल खेलेका छन् । ५ चौका र १२ छक्का सामेल छ । पहिलो खेलमै बर्लले ललितपुरविरुद्ध ३४ बलमा २ चौका र ७ छक्का सहित अविजित ७३ रनको इनिङ खेलेका थिए ।

उक्त खेलमा दुई विकेट लिएका बर्ल प्लेयर अफ द म्याच चुनिएका थिए । बर्ल चितवनसँग शून्यमा आउट हुँदा विराटनरसँग १५ रनमा आउट भएका थिए । पोखरासँग खेलमा बर्लले ५० रन बनाएका थिए ।

३. उपुल थरंगा (भैरहवा)

श्रीलंका पूर्व कप्तान उपुल थरंगा इपिएलमा सर्वाधिक रन बनाउने तेस्रो खेलाडी हुन् । भैरहवाबाट मध्यक्रममा ब्याटिङ गरेका थरंगाले ४ खेल मध्य ३ इनिङमा कुल १ सय ४० रन बनाएका छन् । १ सय ४३ को स्ट्राइकरेटमा ब्याटिङ गरेका उनले कुल ९८ बल खेलेका छन् । थरंगा भैरहवासँग खेलमा ३४ रनमा अविजित थिए ।

दोस्रो खेलमा ललितपुरले प्रस्तुत गरेको १ सय ७८ रनको लक्ष्य पछ्याउँदै खेल टाई गराउन ४४ बलमा ६ चौका र ३ छक्का सहित ६७ रनको अविजित इनिङ खेलेका थिए । चितवनसँग खेलमा थरंगा ३९ रनमा अविजित रहेका थिए ।

२. मोहम्मद शाहजाद (चितवन)

अफगानिस्तानका विष्फोटक ब्याट्सम्यान मोहम्मद शाहजादले ५ खेलमा १ सय ४८ रन बनाएका छन् । स्ट्राइकरेट १ सय २२ को हुँदा कुल १८ चौका र ६ छक्का प्रहार गरेका छन् । उनले सर्वाधिक १ सय २२ बल सामना गरेका छन् । शाहजाद पहिलो खेलमा विराटनगरसँग १ रनमा आउट भएका थिए ।

काठमाडौंसँग १७ रनमा आउट हुँदा पोखरासँग खेलमा ६३ रनमा अविजित रहँदै प्लेयर अफ द म्याच चुनिएका थिए । ललितपुरसँग ३५ र भैरहवासँग ३२ रनमा आउट भएका थिए ।

१. सान्दुन विराक्कोडी (ललितपुर)

ललितपुर लिगबाटै बाहिरिएपनि सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा श्रीलंका सान्दुन विराक्कोडी रहे । विराक्कोडीले ५ खेलमा २ अर्धशतक सहित कुल १ सय ६६ रन बनाए । उत्कृष्ट प्रदर्शन ७३ रहँदा उनले कुल १ सय १४ बलको सामना गरे । १ सय ४६ को स्ट्राइकरेटमा ब्याटिङ गर्दै १६ चौका र ९ छक्का प्रहार गरे ।

उनी पहिलो खेलमा काठमाडौंसँग २ र पोखरासँग १९ रनमा आउट भएका थिए । भैरहवासँग ५८ र विराटनगरसँग ७३ रनको इनिङ खेलेका थिए । चितवनसँग १७ रनमा आउट भएका थिए ।

यो पनि : ब्याटिङ सुधार्दै सन्दीप भन्छन् – ‘बलिङ र कप्तानीमा असर गर्दैन’

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.