default_image

4 years ago

October 8, 2021

हैदर पाकिस्तानको टि२० विश्वकप टोलीमा

117 views

0 Bookmark

एजेन्सी – दुई सातापछि संयुक्त अरव इमिरेट्स (युएई) र ओमानमा हुने टि२० विश्वकपको लागि पाकिस्तानले यसअघि घोषणा टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ ।

पाकिस्तानले चर्चित ओपनर फखर जमान, शीर्षक्रमका ब्याटर हैदर अली र अनुभवी विकेटकिपर शरफराज अहमदलाई टोलीमा मौका दिएको छ । यसअघि सेप्टेम्बर ४ मा घोषणा भएको टोलीबाट खुसदील शाह, आजम खान र मोहम्मद हसनैनन विश्वकप अन्तिम टोलीबाट बाहिरिएका छन् । खुशदील भने रिजरभ टोलीमा रहनेछन् ।

पाकिस्तानले अघिल्लो महिना बाबर आजमको कप्तानीमा १५ सदस्य टोली घोषणा गरेको थियो । तर केहि प्रमुख खेलाडी टोलीमा नपरेपछि पाकिस्तानको चर्को आलोचना भएको थियो । हैदर अलीले पाकिस्तानबाट १५ टि२० आई खेलमा २ अर्धशतक सहित २ सय ५६ रन बनाई सकेका छन् ।

पाकिस्तानको राष्ट्रिय टि२० कपमा हैदरले नर्थनबाट खेल्दै ८ खेलमा ३ अर्धशतक सहित ३ सय १३ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडी बनेपछि विश्वकप टोलीमा स्थान बनाएका हुन् । जसक्रममा बाबर आजम कप्तान रहेको सेन्ट्र पन्जाबविरुद्ध ५३ बलमा ६ चौका र ६ छक्का सहित ९१ रनको सानदार इनिङका साथ २ सय १ रनको लक्ष्य ४ विकेट गुमााउँदै १९.४ ओभरमा पूरा गरेका थिए ।

हैदरको उत्कृष्ट ब्याटिङसँगै बाबरको १ सय ५ रनको शतकीय इनिङ खेर गएको थियो । हैदरा ठूला सटका लागि परिचित पाकिस्तानका युवा ब्याटर हुन् । २१ वर्षिय हैदरलाई पाकिस्तानको भविष्यको रुपमा हेरिदै आएको छ । उनको अगमनले मध्यक्रम बलियो हुनेछ ।

विकेटकिपर शरफराज अहमदले पनि राष्ट्रिय टि२० कपमा उच्च प्रदर्शन गरेका थिए । फखर जमानले पाकिस्तान टोलीबाट खेल्दै निरन्तर उच्च प्रदर्शन गर्दै आएका छन् । अघिल्लो महिना पाकिस्तानले आश्चर्य रुपमा फखरलाई रिजरभ टोलीमा राखेको थियो । फखरले पाकिस्तानको मध्यक्रममा ब्याटिङ गर्दै आएका छन् । पाकिस्तानको सबैभन्दा कमजोर पक्ष मध्यक्रम छ । फखर र हैदरको आगमनले बलियो बन्ने छ । शरफराज दोस्रो रोजाईका विकेटकिपर हुन् । वर्तमान समयमा उत्कृष्ट लयमा रहेका मोहम्मद रिजवान पाकिस्तानका प्रमुख विकेटकिपर तथा ब्याटर हुन् ।

पाकिस्तान विश्वकपको सुपर १२ को समूह बी मा छ । समूह बी मा पाकिस्तानसँगै भारत, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेता रहने छन् । पाकिस्तानले पहिलो खेलमा अक्टोबर २४ मा भारतसँग खेल्ने छ । विश्वकप इतिहासमा पाकिस्तानले हालसम्म भारतलाई पराजित गर्न सकेको छैन । पाकिस्तानले दोस्रो खेल न्युजिल्यान्डसँग २६ अक्टोबरमा खेल्ने छ । २९ अक्टोबरमा पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने छ । नोभेम्बर २ मा पाकिस्तानले समूह ए को उपविजेतासँग खेल्ने छ । नोभेम्बर ७ मा समूह बीको विजेतासँग पाकिस्तानले प्रतिस्पर्धा गर्ने छ । शीर्ष दुईमा रहन सके सेमिफाइनलमा स्थान बनाउने छ । सेमिफाइनलमा स्थान बनाउन भारत र न्युजिल्यान्ड मध्य एकलाई पछि पार्नुपर्ने हुन्छ ।

२००९ मा श्रीलंका खेलाडी चडेको बस आक्रमणपछि पाकिस्तानले यूएईलाई घरेलु मैदान बनाउँदै आएको छ । जसले गर्दा पाकिस्तानलाई विश्वकपमा फाइदा पुग्ने देखिन्छ । पहिलो चरण (फस्ट राउन्ड) को समूह ए मा श्रीलंका, आरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन् । समूह बी मा बंगलादेश, स्कटल्यान्ड, ओमान र पपुवा न्युगिनी छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर १२ मा स्थान बनाउने छन् । सुपर १२ को ग्रुप ए मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्टइन्डिजसँगै समूह ए को विजेता र समूह बीको उप विजेता रहने छन् । टि२० विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म चल्नेछ ।

पाकिस्तानको टि२० विश्वकप टोली :

बाबर आजम (कप्तान), शादब खान, आसिफ अली, शरफराज अहमद , हरिस रौफ, हसन अली, ईमाद वासिम, हैदर अली, मोहम्मद हफिज, फखर जमान, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकिपर), मोहम्मद वासिम, शाहिन शाह अफ्रिदी र सोहिब मकसुद ।

भ्रमण वैकल्पिक खेलाडी : खुशदील शाह, उस्मान कादिर र शाहनवाज दहानी ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.