4 years ago
October 8, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले दिल्ली क्यापिटल्समाथि ७ विकेटको रोमान्चक जित हात पारेको छ । अन्तिम बलमा श्रीकर भरतले छक्का प्रहार गर्दै रोमान्चक जित दिलाए ।

जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । श्रीकर भरतले अन्तिम बलमा पाँच रन चाहिँएको अवस्थामा आवेश खानलाई छक्का प्रहार गर्दै जित पक्का गराए । बेंगलोरलाई अन्तिम ६ बलमा १५ रन आवश्यक परेको थियो ।
बेंगलोरको जितमा विकेटकिपर श्रीकर भरत ५२ बलमा ३ चौका र ४ छक्का सहित ७८ रनमा अविजित रहे । ग्लेन म्याक्सवेल ३३ बलमा ८ चौका सहित ५१ रनमा अविजित रहे । चौथो विकेटका लागि भरत र ग्लेन म्याक्सवेलले १ सय ११ रनको अविजित साझेदारी गर्दै जित पक्का गराएका थिए । एवि डिभिलियर्स २६, देवदत्त पाडिक्कल शून्य र विराट कोहली ४ रनमा आउट भए । दिल्लीका एनरिच नोर्कियाले २ र अक्षर पटेलले १ विकेट लिए ।
त्यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । दिल्लीका ओपनर पृथ्वी शाले ३१ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ४८ रनको योगदान दिए । शिखर धवनले ३५ बलमा ३ चौका र २ छक्का सहित ४३ रनमा आउट भए । शिम्रन हेटमायर २२ बलमा २ चौका र २ छक्का सहित २९ रनमा आउट भए । ऋषभ पन्त १० र श्रयस ऐर १८ रन बनाए ।
बेंगलोरका मोहम्मद शिराजले सर्वाधिक दुई विकेट लिए । ड्यानियल क्रिष्टियन, युजभेन्द्र चहल र हर्षल पटेलले १–१ विकेट लिए । बेंगलोरको १४ खेलमा समान १८ अंक भएनपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा रहँदै एलिमिनेटर खेल्नु परेको हो । बेंगलोरले सोमबार एलिमिनेटर खेलमा कोलकता नाइट राइडर्ससँग खेल्नेछ । पहिलो क्वालिफायरमा शीर्ष स्थानको दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच आइतबार प्रतिस्पर्धा हुनेछ ।
अंक तालिका
दिल्ली क्यापिटल्स १४ खेलमा १० मा जित र ४ मा हार सहित २० अंकका साथ शीर्षस्थानमा रह्यो । चेन्नई सुपर किंग्स १४ खेलमा ९ जित र ५ मा हार सहित १८ अंकका साथ दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर १४ खेलमा ९ मा जित र ५ मा हार सहित १८ अंकका साथ नेट रनरेटका आधारमा तेस्रो स्थानमा छ । कोलकाता १४ खेलमा ७ जित र ७ मा हार सहित १४ अंकका साथ चौथो स्थानमा छ । पन्जाब १४ खेलमा ६ मा जित र ८ मा हार सहित १२ अंकका साथ पाँचौं स्थानमा लिग समाप्त गरेको छ ।
मुम्बई १३ खेलमा ६ मा जित र ७ मा हार सहित १२ अंकका साथ छैटौं स्थानमा छ । राजस्थान रोयल्स १४ खेलमा ५ मा जित र ९ मा हार सहित १० अंकका सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद १३ खेलमा १० मा हार र ३ मा जित सहित ६ अंकका साथ पुछारमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]