default_image

4 years ago

October 9, 2021

पोखराविरुद्ध पहिला फिल्डिङ गर्दै चितवन

218 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको फाइनलमा चितवन टाइगर्सले पोखरा राइनोजविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । टियु मैदानमा चितवनका कप्तान सोमपाल कामीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । दुबै टोलीले आफ्नो प्लेइङ ११ मा परिवर्तन गरेका छैनन् ।

दुबै टोली पहिलो फाइनलमै उपाधि जित्ने सोचमा छन् । पोखराको विनोद भण्डारी र चितवनको सोमपाल कामीले नेतृत्व गर्नेछन् । दुबै कप्तानले इपिएलमा पहिलो फाइनल खेल्दैछन् । लिग र क्वालिफायर खेलमा चितवनले पोखरालाई समान ९ विकेटले पराजित गरेको थियो । चितवन त्यहिँ नतिजालाई निरन्तरता दिँदै उपाधि जित्न चाहन्छ । पोखरा त्यसको बदला लिँदै उपाधि जित्ने सोचमा छ । चितवन शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पोखरालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । पोखराले दोस्रो क्वालिफायरमा भैरहवा ग्ल्याडियटर्सलाई ७ विकेटले स्तब्ध पार्दै फाइनलमा चितवनसँग भेट पक्का गरेको थियो

यसअघि इपिएलको पहिलो संस्करणको उपाधि २०१६ मा पन्चकन्या तेजले कलर्स एक्स फ्याक्टर्सलाई ४० रनले हराउँदै उपाधि जितेको थियो । २०१७ मा विराटनगर वारियर्सले भैरहवा ग्ल्याडियटर्सलाई १ रनले पराजित गर्दै उपाधि जितेको थियो । २०१८ को फाइनलमा ललितपुर प्याट्रियटर्सले भैरहवा ग्ल्याडियटर्सलाई १४ रनले पराजित गर्दै उपाधि जितेको थियो । विजेताले ५० लाख र उपविजेताले १५ लाख प्राप्त गर्नेछन् ।

पोखरा प्लेइङ ११ :

विनोद भण्डारी (कप्तान), विपिन रावल, विक्रम सोब, लोकेश बहादुर बम, रित गौतम, विवेक कुमार यादव, किशोर महतो, नन्दन यादव, रिचार्ड लेभी, साहन अर्चाचिगे र असेला गुणरत्ने ।

चितवनको प्लेइङ ११ :

दीलिप नाथ, सोमपाल कामी (कप्तान), मोहम्मद शाहजाद, हासिम अन्सारी, सागर ढकाल, कमलसिंह ऐरी, भीम सार्की, शेकुगे प्रसन्ना, करिम जन्नत, साहब आलम, राजेश पुलामी मगर ।

हेड टु हेड

इपिएलमा चितवन र पोखराबीच ४ खेल भएको छ । जसमा चितवन ३ खेलमा विजयी हुँदा १ खेलमा पराजित भएको छ । पछिल्ला तीन खेलमा चितवनले लगातार जित हात पारेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.