4 years ago
October 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (इपिएल) को फाइनलमा चितवन टाइगर्सविरुद्ध मध्यम सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पोखराले ५ ओभरमा २ विकेट गुमाउँदै ४१ रन बनाएको छ ।

पोखरा ओपनर रिचार्ड लेभी १५ बलमा ५ चौका सहित २६ रनमा क्याच आउट भएका छन् । विपिन रावल ७ बलमा १ चौका र १ छक्का सहित १२ रनमा अविजित छन् । पोखराले आज लेभीको जोडीको रुपमा विपिन रावललाई पठाएको थियो ।
रावलले क्वालिफायरमा भैरहवा ग्ल्याडियटर्सविरुद्ध पाँचौं नम्बरमा ब्याटिङ गर्दै अविजित ४० रन बनाएका थिए । पोखरालाई ओपनर लेभी र विपिनले पहिलो विकेटका लागि ३.३ ओभरमा ३७ रनको साझेदारी गर्दै राम्रे सुरुवात दिलाएका थिए । लेभी करिम जन्नतको चौथो ओभरको तेस्रो बलमा दीलिप नाथबाट मिडअनमा क्याच आउट हुन पुगेका थिए ।

कमलसिंह ऐरीको पाँचौं ओभरको पाँचौं बलमा युवा ब्याटर रित गौतम हासिम अन्सारीबाट मिडअफमा २ रनमा क्याच आउट भए । साहन अर्चाचिगे क्रिजमा आएका छन् । पोखरा र चितवन दुबैले आजको खेलमा टोलीमा परिवर्तन गरेका छैनन् । लिग र क्वालिफायर खेलमा चितवनले पोखरालाई समान ९ विकेटले पराजित गरेको थियो ।
चितवन शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पोखरालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । पोखराले दोस्रो क्वालिफायरमा भैरहवा ग्ल्याडियटर्सलाई ७ विकेटले स्तब्ध पार्दै फाइनलमा चितवनसँग भेट पक्का गरेको थियो
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]