default_image

4 years ago

October 10, 2021

आइपिएल फाइनल प्रवेशका लागि चेन्नई र दिल्ली भिड्दै

277 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को पहिलो क्वालिफायरमा आज चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा दुबईमा हुनेछ ।

दिल्ली शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेका हुन् । यस खेलको विजेताले फाइनलमा स्थान बनाउने छ । पराजित हुने टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ । सोमबार एलिमिटेनरमा रोयल च्यालेन्जर्स बेंगलोर र कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरमा पराजित हुने टोली फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नेछन् ।

चेन्नईको कप्तान भारतीय पूर्व सर्वाधिक सफल महेन्द्रसिंह धोनीले गर्नेछन् । धोनीको कप्तानीमा चेन्नई ८ पटक फाइनल खेलेको छ । तीन पटक फाइनल जितेको छ । आइपिएलमा पहिलो पटक कप्तानी गरेका ऋषभ पन्त पहिलो प्रयासमै फाइनलमा पुर्याउन चाहन्छन् । दिल्लीले गतवर्ष पहिलो पटक फाइनलमा स्थान बनाएको थियो ।

दिल्लीले लिगका दुबै खेलमा चेन्नईलाई पराजित गरेको थियो । लिगमा दिल्ली ७ विकेट र ३ विकेटले विजयी भएको थियो । दिल्ली त्यहिँ नतिजालाई निरन्तरता दिने सोचमा छ । चेन्नई लिगको गल्तीबाट राम्रो पाठ सिक्दै फाइनलमा स्थान बनाउन चाहन्छ । दिल्ली लिगको अन्तिम खेलमा बेंगलोरसँग ७ विकेटले पराजित भएको थियो ।

दिल्लीको ब्याटिङ मजबुत र गहिराई छ । ओपनर पृथ्वी शा, शिखर धवन, ऋषभ पन्त, श्रेयस ऐर, शिम्रन हेटमायर जस्ता स्तरिय म्याच विनर ब्याटर दिल्लीमा छन् । धवन र शाले लगातार उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । यी दुई ओपनरबाट दिल्ली राम्रो सुरुवात चाहन्छ । पन्त र हेटमायरबाट दिल्ली आक्रामक ब्याटिङका साथ ठूलो इनिङ चाहन्छ ।

अक्षर पटेल र रविचन्द्रन आश्विन स्पिनर हतियार हुन् । तीव्र गतिका बलमा आवेश खान, कागिसो रबाडा र एनरिच नोर्किया छन् । रबाडा डेथ ओभरको लागि विश्व प्रसिद्ध बलर हुन् । नोर्किया आफ्नो गतीमा ब्याटरलाई दबाबमा राख्न सक्छन् । नोर्कियाले १ सय ५० किलोमिटर प्रतिघण्टा तीव्र गतिमा बलिङ गर्नेगर्दछन् । आवेश यस आइपिएलमा सर्वाधिक विकेट लिने दोस्रो बलर हुन् । आवेशले २२ विकेट लिई सकेका छन् । आवेश चेन्नईका ब्याटरलाई निराश बनाउन सक्छन् । पन्त, रबाडा र धवन मुख्य हतियार हुन् ।

यता चेन्नई लिगका पछिल्ला तीनै खेलमा पराजित भएको छ । चेन्नईका ओपनर फाफ डु प्लेसिस र ऋतुराज गायकवाड उच्च लयमा छन् । फाफ डु प्लेसिसले १४ खेलमा ५ अर्धशतक सहित कुल ५ सय ४६ रन बनाएका छन् । उनी सर्वाधिक रन बनाउने खेलाडीमा दोस्रो स्थानमा छन् । चौथो स्थानमा रहेका ऋतुराजले १४ खेलमा १ शतक सहित ५ सय ३३ रन बनाएका छन् । यी दुई खेलाडी चेन्नईका ब्याटिङका हतियार हुन् । मोईन अलीले पनि राम्रो गर्दै आएका छन् ।

सुरेश रैना, अम्बाती रायुडू, महेन्द्रसिंह धोनी जस्ता खेलाडी टोलीमा हुँदा ब्याटिङ मजबुत छ । तल्लोक्रममा रविन्द्र जडेजा र ड्वेन ब्राभो जस्ता विश्वस्तरिय अलराउन्डर छन् । शार्दूल ठाकुर, जोश हेजलवुड र दीपक चाहर तीव्र गतिका बलरको रुपमा खेल्नेछन् । दीपक र जोेश हेजलवुड पावर प्लेमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । ठाकूर उच्च लयका साथ निरन्तर विकेट लिँदै आएका छन् ।


चेन्नईमा अनुवभी खेलाडीको बाहुल्यता छ । दिल्लीमा युवा खेलाडीको जोश मिसिएको छ धोनी र पन्तलाई गुरु चेला पनि भन्ने गर्दछन् । दुबै टोली मजबुत, सन्तुलित हुनुको साथै विश्वस्तरिय म्याच विनर खेलाडी हुँदा खेलमा उच्च प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।


हेड टु हेड :


आइपिएलमा दिल्ली र चेन्नईबीच कुल २५ खेल भएको छ । चेन्नई १५ खेलमा विजयी हुँदा १० पराजित भएको छ । दिल्लीले पछिल्ला ५ खेल मध्य ४ खेलमा विजयी भएको छ । २०२० र २०२१ का लिगका सबै खेलमा दिल्ली विजयी भएको थियो ।

लिगमा दिल्ली १४ खेलमा १० मा जित र ४ मा हार सहित २० अंकका साथ शीर्ष स्थानमा रहँदै क्वालिफायर खेलेको हो । चेन्नई १४ खेलमा ९ मा जित र ५ मा हार सहित १८ अंकका साथ दोस्रो स्थानमा रह्यो । बेंगलोरको १४ खेलमा ९ मा जित र ५ मा हार सहित १८ अंकका साथ नेट रनरेटको आधारमा तेस्रो स्थानमा रहेको थियो ।

कोलकता १४ खेलमा ७ मा जित र ७ मा हार सहित १४ अंकका साथ अन्तिम चारमा स्थान पक्का गर्यो । एलिमिनेटर सोमबार र दोस्रो क्वालिफायर बुधबार हुनेछ । फाइनल शुक्रबार हुनेछ ।

यो पनि पढ्नुहोस् : आइपिएलको प्लेअफ समीकरण पूरा

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.