default_image

4 years ago

October 10, 2021

दिल्लीमाथि रोमान्चक जितसँगै चेन्नई फाइनलमा

174 views

0 Bookmark

एजेन्सी – तीन पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को फाइनलमा पुगेको छ । आइतबार राती सम्पन्न पहिलो क्वालिफायर खेलमा चेन्नईले दिल्लीलाई हराउँदै नवौं पटक आइपिएलको फाइनलमा स्थान बनाएको हो ।

जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । चेन्नईलाई अन्तिम २ ओभरमा जितको लागि २४ रन चाहिँएको थियो । १९ औं ओभरमा आवेश खानलाई कप्तान महेन्द्रसिंह धोनीले एक चौका र १ छक्का सहित ११ रन जोडेपछि खेल रोचक बनेको थियो । अन्तिम ६ बलमा चेन्नईलाई १३ रन चाहिँएको थियो ।

अन्तिम ओभरमा टम करनले पहिलो बलमा मोईन अलीलाई १६ रनमा क्याच आउट गराए । दोस्रो र तेस्रो बलमा धोनीले लगातार चौका प्रहार गरेपछि बाँकी ३ बलमा ४ रन चाहिँएको थियो । लगत्तै अर्को बल वाइड फाले । चौथो बलमा धोनीले चौका प्रहार गर्दै फाइनलमा स्थान पक्का गराए । धोनी ६ बलमा ३ चौका र १ छक्का सहित १८ रनमा अविजित रहे ।

चेन्नईका युवा ओपनर ऋतुराज गायकवाडले ५० बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ७० रनको योगदान दिए । रोबिन उथप्पा ४४ बलमा ७ चौका र २ छक्का सहित ६३ रनमा क्याच आउट भए ।

दोस्रो विकेटका लागि ऋतुराज गायकवाड र रोबिन उथप्पाले ७७ बलमा १ सय १० रनको शतकीय साझेदारी गरेका थिए । पहिलो ओभरको चौथो बलमा तीव्र गतिका बलर एनरिच नोर्कियाले फाफ डु प्लेसिसलाई १ रनमा बोल्ड आउट गरेका थिए । त्यसपछि दिल्लीले दोस्रो विकेटका लागि १४ ओभर पर्खनु परेको थियो ।

टम करनको १४ औं ओभरको तेस्रो बलमा उथप्पा श्रेयस ऐरबाट क्याच आउट भएपछि शतकीय साझेदारी तोडिएको थियो । आवेश खानले ऋतुराजलाई अक्षर पटेलबाट क्याच आउट गराए । दिल्लीका टम करनले ३.४ ओभरमा २९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । एनरिच नोर्किया र आवेश खानले १–१ विकेट लिए ।

त्यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो । दिल्लीका ओपनर पृथ्वी शाले ३४ बलमा ७ चौका र ३ छक्का सहित सर्वाधिक ६० रनको योगदान दिए । कप्तान ऋषभ पन्त ३५ बलमा ३ चौका र २ छक्का सहित ५१ रनमा अविजित रहे ।

दिल्लीलाई ओपनर पृथ्वी शा र शिखर धवनले पहिलो विकेटका लागि ३।२ ओभरमा ३६ रन जोड्दै राम्रो सुरुवात दिएका थिए । तीव्र गतिका बलर जोश हेजलवुडको बलमा धवन महेन्द्रसिंह धोनीबाट ७ रनमा समातिन पुगे । बाँकी १४ रन जोड्दा दिल्लीले युवा ब्याटर श्रेयस ऐरलाई १ रनमा गुमाएको थियो । हेजलवुडको छैटौं ओभरको तेस्रो बलमा ऐर ऋतुराज गायकवाडबाट १ रनमा समातिन पुगे ।

अक्षर पटेल ११ बलमा १ चौका सहित १० रनमा क्याच आउट भए । स्पिनर मोईन अलीको बलमार पटेल वैकल्पिक फिल्डर मिचेल सान्टनरबाट समातिन पुगेका थिए । स्पिनर रविन्द्र जडेजाको ११ औं ओभरको दोस्रो बलमा शा फाफ डु प्लेसिसबाट क्याच आउट भएका थिए ।

पाँचौं विकेटका लागि ऋषभ पन्त र शिम्रन हेटमायरले ८३ रनको साझेदारी गर्दै दिल्लीलाई बलियो अवस्थामा पुर्याएका थिए । ड्वेन ब्राभोले १९ औं ओभरको चौथो बलमा हेटमायरलाई जडेजाबाट ३७ रनमा क्याच आउट गराए । हेटमायरले २४ बलमा ३ चौका र १ छक्का प्रहार गरे । चेन्नईका जोश हेजलवुडले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ड्वेन ब्राभो, रविन्द्र जडेजा र मोईन अलीले १–१ विकेट लिए ।

चेन्नईले २०१०, २०११ र २०१८ को आइपिएल जितेको थियो । २००८, २०१२, २०१३, २०१५ र २०१९ मा चेन्नई उपविजेतामा सिमित भएको थियो । दिल्लीले गतवर्ष पहिलो पटक आइपिएल फाइनलमा खेलेपनि मुम्बईसँग पराजित हुन पुगेको थियो ।

सोमबार एलिमिनेटर खेलमा तेस्रो स्थानको रोयल च्यालेन्जर्स बेंगलोर र चौथो स्थानको कोलकता नाइट राइडर्सबीच शाहजाहमा प्रतिस्पर्धा हुनेछ । एलिमिनेटरको विजेताले दोस्रो क्वालिफायरमा दिल्लीसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल शुक्रबार हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.