4 years ago
October 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी (प्लेयर अफ द मन्थ) अवार्ड जितेका छन् ।

आइसिसीले गत बुधबार सार्वजनिक गरेको प्लेयर अफ द मन्थको मनोनयनबाट सन्दीपले बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिका ब्याटर जसकरण मल्होत्रालाई पछि पारेका हुन् । सन्दीपले अघिल्लो महिना ओमान भ्रमणमा सर्वोत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा १८ विकेट लिएका थिए । ओमानमा भएको आइसीसी विश्वकप लिग–२ र पपुवा न्युगिनीसँग दुई ओडिआई खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि आइसिसीको प्लेयर अफ द मन्थको मनोनयन सूचिमा परेका थिए ।
ओमान भ्रमणमा नेपालको चारै जितमा सन्दीप नायक बनेका थिए । पिएनजीलाई पहिलो खेलमा सस्तैमा समेट्न सन्दीपले पहिलो खेलमा १० ओभरमा ३५ रन खर्चेर ४ विकेट लिदै प्लेयर अफ द म्याच चुनिए । दोस्रो खेलमा नेपाललाई १ सय ५१ रनले विजयी गराउन सन्दीपले ५।१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिएका थिए ।

अमेरिकालाई पाँच विकेटले पराजित गर्दा सन्दीपले दुई विकेट लिएका थिए । ओमानसँगको पहिलो खेलमा पेटमा समस्याको कारण उनले बलिङ गर्न सकेनन् । अमेरिकासँग दोस्रो खेलमा दुई विकेट लिँदा अन्तिम खेलमा ओमानलाई पराजित गर्न चार विकेट लिएका थिए । सन्दीप आइसिसीको प्लेयर अफ द मन्थको मनोयनमा पर्ने दोस्रो नेपाली खेलाडी हुन् । यसअघि गत वैशाखमा ओपनर कुशल भुर्तेल आइसिसीको अप्रिलमा यस मनोयनमा परेका थिए । तर उक्त उपाधि भने पाकिस्तानका कप्तान बाबर आजमले गरेका थिए ।
बंगलादेशले अष्ट्रेलिया र न्युजिल्यान्डविरुद्ध पहिलो पटक टि२० सिरिज जित्न स्पिनर नासुमले उत्कृष्ट प्रदर्शन गरेका थिए । न्युजिल्यान्डविरुद्ध पाँच टि२० आई सिरिज ३-२ ले जिताउन उनले ८ विकेट लिएका थिए । चौथो टि२० आई खेलमा १० रन खर्चेर ४ विकेट लिएका थिए । अष्ट्रेलियालाई पाँच टि२० आई सिरिजमा ४–१ ले जिताउन उनले उच्च प्रदर्शन गरेका थिए । अष्ट्रेलियालाई इतिहासकै पहिलो पटक टि२० आईमा हराउन उनले पहिलो खेलमा ४ विकेट लिएका थिए ।

अमेरिका जसकरणले पपुवा न्युगिनीविरुद्ध कीर्तिमानी प्रदर्शन गरेका थिए । उनले पपुवा न्युगिनीविरुद्ध १ सय २४ बलमा ४ चौका र १६ छक्का सहित १ सय ७३ रनको इनिङ खेलेका थिए । जसक्रममा उनले एकै ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।
यस अवार्डको विजेता आइसीसीकै प्यानल र खुला मतदानको मत अनुसार घोषणा भएको हो । आइसीसीको प्यानलमा पूर्व खेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहेको छ । आइसीसी प्यानलको मतभार ९० प्रतिशत र खुला मतदानको १० प्रतिशत भार रहेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]