4 years ago
October 11, 2021
एजेन्सी – वेस्टइन्डिजका सुनिल नारायणको सानदार प्रदर्शनमा कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा स्थान बनाउन सफल भएको छ । सोमबार भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोरमाथि ४ विकेटको जित हासिल गर्दै कोलकाताले लिगको दोस्रो भागको उच्च लयलाई निरन्तरता दिएको हो ।

बेंगलोरले प्रस्तुत गरेको १ सय ३९ रनको लक्ष्य कोलकाताले २ बल बाँकी रहँदै पूरा गर्न सफल रहयो । कोलकाताको जितमा सुनिल नारायणको १५ बलमा २६ रनको योगदान महत्त्वपूर्ण रहयो । उनले ड्यानीएल क्रिस्टियनले फ्याँकेको १२ औं ओभरमा लगातार ३ छक्का प्रहार गर्दै खेल कोलकाताको पक्षमा तानेका थिए । त्यसबाहेक ओपनर शुभमन गिलले १८ बलमा ४ चौकासहित २९ रन जोडे । अर्का ओपनर वेंकटेश ऐरले ३० बलमा २६ रन तथा नितिश रानाले २५ बलमा २३ रनको योगदान दिएका थिए ।
एक समय ११ ओभरमा ७९-३ को अवस्थामा रहँदा बेंगलोरको खेलमा सम्भावना कायम थियो । तर नारायणले आक्रामक ब्याटिङ गर्दै खेल कोलकाताको पक्षमा तानेका थिए । कप्तान ओइन मोर्गन ५ र शाकिब अल हसन ९ रनमा नटआउट रहे । बेंगलोरका लागि मोहमद सिराज, हर्षल पटेल र युजभेन्द्र चहलले २-२ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३८ रन जोडको थियो । टोलीका लागि कप्तान तथा ओपनर विराट कोहलीले सर्वाधिक ३९ रन जोड्नुबाहेक अन्य खेलाडीले उल्लेख्य योगदान दिन सकेनन् । कोहलीले ३३ बलको सामना गर्दै ५ चौका प्रहार गरेका थिए ।
देवदत्त पडिकलले २१, ग्लेन म्याक्स्वेल १५, शहबाज अहमद १३ तथा एबी डे भिलिएर्स ११ रनको योगदान दिँदै पेभेलियन फर्किए । कोलकाताका नारायणले मात्र २१ रन खर्चेर ४ विकेट लिँदा लकी फर्गुसनले २ विकेट हात पारे ।
यस जितसँगै अब कोलकाताले बुधबार हुने दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सको सामना गर्नेछ । यसअघि आइतबार भएको पहिलो क्वालिफायर खेलमा दिल्ली चेन्नईसँग पराजित भएको थियो । चेन्नईले फाइनलमा स्थान पक्का गरिसकेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]