default_image

4 years ago

October 15, 2021

चेन्नईलाई आइपिएल उपाधि

327 views

0 Bookmark

एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को उपाधि जितेको छ । शुक्रबार फाइनलमा चेन्नईले कोलकता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चौथो पटक च्याम्पियन बनेको हो । च्याम्पियन चेन्नईले २० करोड भारु र उपविजेता कोलकताले १२ करोड ५० लाख भारु पुरस्कार पाउने छन् ।


जितको लागि १ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको कोलकताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । कोलकता ओपनर सुभमन गिलले ४३ बलमा ६ चौका सहित सर्वाधिक ५१ रन बनाए । अर्का ओपनर वेंकटेश ऐरले ३२ बलमा ५ चौका र ३ छक्का सहित ५० रनमा आउट भए ।

कोलकतालाई ओपनर ऐर र गिलले पहिलो विकेटका लागि १०.४ ओभरमा ९१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर त्यसपछि लगातार विकेट गुमाउँदै पराजित हुन पुगेको हो । नितिश राणा शून्य, सुनिल नाराायण २, कप्तान ओईन मोर्गन ४, दीनेश कार्तिक ९ र सकिब अल हसन शून्यमा आउट भए । तल्लोक्रमका शिवम माभीले १३ बलमा १ चौका र २ छक्का सहित २० रन बनाए । लोकी फर्गुसनले १८ रन बनाए ।

चेन्नईका शार्दूल ठाकुरले सर्वाधिक ३ विकेट लिए । रविन्द्र जडेजा र जोश हेजलवुडले २–२ विकेट लिए । डवेन ब्राभो र दीपक चाहरले १-१ विकेट लिए ।

त्यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो । चेन्नईका ओपनर फाफ डु प्लेसिसले ५९ बलमा ७ चौका र ३ छक्का सहित सर्वाधिक ८६ रनको योगदान दिए । मोईन अली २० बलमा २ चौका र ३ छक्का सहित ३७ रनमा अविजित रहे ।

चेन्नईलाई ओपनर ऋतुराज गायकवाड र डु प्लेसिसले पहिलो विकेटका लागि ८.१ ओभरमा ६१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । ऋतुराजलाई स्पिनर सुनिल नारायणले शिवम माभीबाट ३२ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । ऋतुराजले २७ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

त्यसपछि क्रिजमा आएका अनुभवी ब्याटर रोबिन उथप्पाले १५ बलमा ३ छक्का सहित ३१ रन जोड्दै आउट भएका थिए । उनी नारायणको बलमा एलबीडब्लू आउट भएका थिए । तेस्रो विकेटका लागि मोईन अली र फाफ डु प्लेसिसले ६८ रनको साझेदारी गदै विशाल योगफलमा पुर्याएका थिए । डु प्लेसिस अन्तिम बलमा क्याच आउट भएका थिए । कोलकता स्पिनर सुनिल नारायणले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । शिवम माभीले १ विकेट लिए ।

यसअघि चेन्नईले २०१० मा मुम्बई इन्डियन्सलाई २२ रनले पराजित गर्दै पहिलो पटक च्याम्पियन बनेको थियो । २०११ मा चेन्नईले बेंगलोरलाई ५८ रनले पराजित गर्दै लगातार उपाधि जितेको थियो । २०१८ मा हैदराबादलाई ८ विकेटले पराजित गर्दै चेन्नई तेस्रो पटक च्याम्पियन बनेको थियो । चेन्नई २००८, २०१२, २०१३, २०१५ र २०१९ मा उपविजेता बनेको थियो ।

चेन्नई लिगमा दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेको थियो । क्वालिफायरमा चेन्नईले शीर्षस्थानको दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । कोलकताले अन्तिम चारमा रहेर एलिमिनेटर खेलेको थियो । एलिमिनेटरमा कोलकताले रोयल च्यालेन्जर्स बेंगलोरलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । दोस्रो क्वालिफायरमा दिल्लीलाई ३ विकेटले पराजित गर्दै कोलकताले तेस्रो पटक फाइनलमा स्थान बनाएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.