4 years ago
October 17, 2021
एजेन्सी – घरेलु टोली ओमानले आइसिसी टि२० विश्वकप २०२१ मा सानदार विजयी सुरुवात गरेको छ । आइतबार उद्धघाटन खेलमा समूह बी मा रहेको ओमानले पपुवा न्युगिनीलाई १० विकेटले पराजित गर्दै सानदार विजयी सुरुवात गरेको छ ।

जितको लागि १ सय ३० रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले १३.४ ओभरमा कुनै विकेट नगुमाउँदै पूरा गर्यो । ओमानका ओपनर जतिन्दर सिंह ४२ बलमा ७ चौका र छक्का ४ सहित ७३ रनमा अविजित रहे । अकिब इलायस ४३ बलमा ५ चौका र १ छक्का सहित ५० रनमा अविजित रहे । पहिलो पटक टि२० विश्वकप खेलेका पपुवा न्युगिनीका कुनैपनि बलरले विकेट लिन सकेनन् ।
त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रन बनाएको थियो । पपुवा न्युगिनीले पहिलो पटक विश्वकप खेलेको हो । पपुवा न्युगिनीका कप्तान असाद भालाले ४३ बलमा ४ चौका र ३ छक्का सहित सर्वाधिक ५६ रनको योगदान दिए । चाल्र्स अमिनी २६ बलमा ४ चौका र १ छक्का सहित ३७ रनमा रन आउट भए । सेसे बाउ १३ रनमा आउट भए ।

दुबै ओपनर खाता नखोली आउट भएका थिए । ०–२ को अवस्थामा पुगेको पपुवा न्युगिनीलाई तेस्रो विकेटका लागि भाला र अमिनीले ८१ रनको साझेदारी गर्दै सम्हाल्लेका थिए । १२ औं ओभरको तेस्रो बलमा रन आउट भएपछि पपुवा न्युगिनीले लगातार विकेट गुमाएको थियो । भाला, बाउ र अमिनी बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओमानका जिशान मकसुदले ४ ओभरमा २० रन खर्चेर सर्वाधिक ४ विकेट लिए । बिलाल खान र कलिमहुल्ला नाममा २-२ विकेट रह्यो ।
ओमानले आफ्नो दोस्रो खेलमा मंगलबार बंगलादेशसँग खेल्नेछ । पपुवा न्युगिनीले मंगलबारनै स्कटल्यान्डसँग खेल्नेछ । आजनै समूह बी को अर्को खेलमा बंगलादेश र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । समूह बी का सबै खेल ओमानमा हुनेछन् । अन्य सम्पूर्ण खेल संयुक्त अरव इमिरेट्स (युएई) मा हुनेछन् ।
पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन् । समूह बी मा बंगलादेश, ओमान, पपुवा न्युगिनी र स्कटल्यान्ड छन् । समूह बी का खेलहरु ओमानमा हुनेछन् । नामिबिया र पपुवा न्युगिनीले टि२० विश्वकपमा डेब्यू गर्दैछन् । पहिलो चरणको समूह ए र बी बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् ।
सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् । समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् । शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो चरणका खेलहरु सकिएपछि सुपर १२ का खेलहरु हुनेछन् । विश्वकपको फाइनल १४ नोभेम्बरमा हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]