default_image

4 years ago

October 17, 2021

टि२० विश्वकप : स्कटल्यान्डले बंगलादेशलाई हरायो

203 views

0 Bookmark

एजेन्सी – आइसीसी टि२० विश्वकप अन्तर्गत पहिलो चरणको समूह बी मा स्कटल्यान्डले बंगलादेशलाई पराजित गरेको छ । ओमानस्थित अल अमरेत मैदानमा ६ रनको जित दर्ता गर्दै स्कटल्यान्डले सानदार सुरुवात गरेको हो ।

स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३४ रनमात्र जोड्न सक्यो । बंगलादेशका लागि मुश्फिकर रहिमले ३६ बलमा १ चौका र २ छक्कासहित ३८ रनको योगदान दिए । शकिब अल हसनले २८ बलमा १ चौकासहित २० रन जोड्दा ओपनरद्वय लिटन दास र सौम्य सरकारले ५-५ रन मात्र जोडेका थिए ।

एक समय ११ ओभरमा ६५-३ को आरामदायी अवस्थामा रहेको बंगलादेशले मध्य ओभरमा रन जोड्न नसक्दा हार बेहोरेको हो । कप्तान महामुदुल्लाहले २२ बलमा २३ तथा अफिफ होसेनले १२ बलमा १८ रन जोडेपनि जित दिलाउन सकेनन् । स्कटल्यान्डका लागि ब्राड व्हिलले ३, क्रिस ग्रिभ्सले २ तथा जोश डेभि र मार्क वाटले १-१ विकेट लिए । ब्याटिङमा समेत चम्केका ग्रिभ्सले ३ ओभरमा २ विकेट लिने क्रममा मात्र १९ रन खर्चेका थिए ।

टस जितेर पहिलो ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन जोडेको थियो । ग्रिभ्सले २८ बलमा ४५ रनको आक्रामक इनिङ खेल्दै राम्रो स्कोरसम्म पुर्याएका थिए । एक समय ५३-६ को अवस्थामा रहेको स्कटल्यान्डलाई ग्रिभ्सले नै उकासेका थिए । उनले मार्क वाटसँग सातौं विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए ।

प्लेयर अफ द म्याच समेत चुनिएका ग्रिभ्सले ४ चौका र २ छक्का प्रहार गरेका थिए । वाटले १७ बलमा २ चौकासहित २२ रन जोडे । स्कटल्यान्डका कप्तान काइल कोट्जर शून्यमा आउट हुँदा अर्का ओपनर जर्ज मुन्सीले २३ बलमा २९ रन जोडेका थिए । म्याट क्रसले ११ रनको योगदान दिए ।

बंगलादेशका लागि मेहेदी हसनले ३, शकिब अल हसन र मुस्ताफिजुर रहमानले २-२ तथा तस्किन अहमद र मोहमद सैफुदीनले १-१ विकेट हात पारे । शकिबले टि२० अन्तर्राष्ट्रियमा कुल १ सय ८ विकेट विकेट पुर्याउँदै विश्वकै सर्वाधिक विकेट लिने खेलाडी समेत बने ।

यसअघि समूह बी अन्तर्गत नै दिनको पहिलो खेलमा ओमानले पपुवा न्युगिनीलाई हराएको थियो । ओमान र स्कटल्यान्डले २-२ अंक जोडेपनि ओमान नेट रनरेटको आधारमा शीर्षस्थानमा छ ।

प्रतियोगिता अन्तर्गत सोमबार समूह ए मा आयरल्यान्ड र नेदरल्यान्ड्स तथा नामिबिया र श्रीलंका खेल्नेछन् । दुवै समूहबाट शीर्ष २-२ टोलीले सुपर १२ मा स्थान बनाउनेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.