default_image

4 years ago

October 18, 2021

क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि खुल्ला आवेदन माग

235 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि खुल्ला आवेदन माग गरेको छ । गत भदौमा मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि रिक्त पदमा क्यानले सोमबार आवेदन माग गरेको हो ।

क्यानले इंग्ल्यान्ड क्रिकेट बोर्ड (इसिबी) वा अष्ट्रेलिया क्रिकेट (सिए ) बाट मान्यता प्राप्त लेभल ३ गरेको प्रशिक्षकको माग गरेको छ । कम्तिमा पाँच वर्ष प्रशिक्षण अनुभव भएको हुनुपर्ने जनाएको छ । टेस्ट टोली, प्रथम श्रेणीको टोली वा एसोसियट टोली सम्हालेको अनुभव हुनुपर्ने छ । क्रिकेट संस्कृतिको ज्ञान, ओडिआई चक्र र एसोसियट टोलीलाई राम्रो बाटोमा डोर्याउन सक्नुपर्ने जनाएको छ । अन्तर्राष्ट्रिय क्षमता र टोलीको नतिजा सुधार गर्न सक्ने क्षमता हुनुपर्ने जनाएको छ । ३१ अक्टोबर सम्म इच्छुक प्रशिक्षकले क्यानमा आवेदन पठाउन सक्नेछन् ।

गत पुषमा नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका ह्वाटमोरले भदौमा ओमान भ्रमणपछि लागु हुने गरि नेपाली टोली छाडेका थिए । असोजमा भएको आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान, नेपाल र अमेरिकासँग सिरिजसँगै उनले नेपाली टोली छाडेका थिए । ह्वाटमोरको नौं महिना कार्यकालमा नेपालले दुई अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो । नेपाली ब्याटिङमा सुधार र ओपनर समस्या समाधान उनले गरेका परिवर्तनमा पर्दछन् ।

\

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.