default_image

4 years ago

October 19, 2021

टि२० विश्वकपमा सर्वाधिक रन बनाउन सक्ने पाँच खेलाडी

314 views

0 Bookmark

एजेन्सी – कुनैपनि खेलाडी राम्रो लयमा छ भने कठिन बललाई पनि बाउन्ड्रीमा सजिलै परिणत गर्नसक्छ । तर खराब लयबाट गुजिएको समयमा सहज बल पनि कठिन लाग्दै खराब सटका साथ आउट हुनसक्छ । खेलाडीको जीवनमा लय र खराब प्रदर्शन सामान्य मानिन्छ । करिअरमा उतारचढाव आउने जाने गर्दछ ।

टि२० विश्वकप २०२१ आइतबारदेखि संयुक्त अरव इमिरेट्स (युएई) र ओमानमा सुरु भइसकेको छ । नोभेम्बर १४ सम्म चल्ने विश्वकपमा १६ टोलीको सहभागी छ । पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन् । समूह बी मा बंगलादेश, ओमान, पपुवा न्युगिनी र स्कटल्यान्ड छन् । समूह बी का सम्पूर्ण खेलहरु ओमानमा हुनेछन् ।

पहिलो चरणको समूह ए र बी बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् । सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् । समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् । शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो चरणको समूह ए र बी को खेलपछि सुपर १२ का खेलहरु सुरु हुनेछन् ।

टि२० विश्वकप पाँच वर्षपछि हुँदैछ । त्यसैले हरेक खेलाडीलाई यो विश्वकप निकै महत्वपूर्ण छ । खेलाडी पनि विश्वकपमा आफ्नो प्रदर्शन देखाउन आतुर छन् । टि२० आई सिरिज र फ्रेन्चाइज लिगमा हाबी हुँदै आएका खेलाडीको असली परिक्षा विश्वकपमा हुनेछ । खेलाडीले राम्रो प्रदर्शन गर्न सक्ने वा नसक्नेमा पछिल्लो समयको लय र प्रदर्शनले प्रभाव पार्ने गर्दछ ।

टोलीको नतिजा र स्तरले पनि खेलाडीको प्रदर्शनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पाने गर्दछ । विश्वकपमा सहभागी सम्पूर्ण खेलाडीको लय, प्रदर्शन गर्न सक्ने क्षमता, ब्याटिङक्रम लगायत सम्पूर्ण पक्षलाई हेर्दा यी पाँच खेलाडीले सर्वाधिक रन बनाउन सक्छन् ।

५.ग्लेन फिलिप्स (न्युजिल्यान्ड)

२४ वर्षिय विकेटकिपर ग्लेन फिलिप्स न्युजिल्यान्डका प्रमुख ब्याटर हुन् । ग्लेन फिलिप्सको आगमनले न्युजिल्यान्डको ब्याटिङ लाइनअप मजबुत मात्र बनेको छैन उपाधिको दाबेदारनै बनेको छ । फ्रेन्चाइज लिगमा ओपनरको भूमिकामा देखिने फिलिप्स न्युजिल्यान्डको जर्सीमा तेस्रो र चौथो नम्बरमा ब्याटिङ गर्दै आएका छन् । फिलिप्स आक्रामक ब्याटिङ र ठूला सटका लागि चर्चित युवा स्टार हुन् ।

फिलिप्सले २५ टि२० आईमा १ शतक सहित ५ सय ६ रन बनाएका छन् । १ सय ४७ टि२० खेलमा उनले ४ शतक र २५ अर्धशतक सहित ४ हजार २४ रन बनाएका छन् । २०२० नोभेम्बरमा फिलिप्सले वेस्टइन्डिजविरुद्ध १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए । यस सिजनको आइपिएल राजस्थान रोयल्सबाट खेलेका थिए । फिलिप्समा ब्याटिङको जिम्मेवारी पनि बढि हुनेछ ।

शीर्ष चार भित्र ब्याटिङ गर्ने हुँदा ठूलो इनिङ खेल्ने राम्रो अवसर पाउने छन् । फ्रेन्चाइज लिग र न्युजिल्यान्डको टोलीबाट सानदार प्रदर्शन गर्दै आएका छन् । फिलिप्सले टि२० विश्वकपमा सानदार प्रदर्शनका साथ सर्वाधिक रन बनाउने ब्याटर बन्न सक्छन् ।

४. बाबर आजम (पाकिस्तान)

पाकिस्तानका कप्तान बाबर आजम क्लासिक ब्याटर हुन् । जिम्मेवारीले भरिपूर्ण बाबरले पाकिस्तानको टोलीबाट तीनै शैलीमा उच्च प्रदर्शन गर्दै आएका छन् । विश्व टि२० आई वरियता दोस्रो स्थानमा रहेका बाबर आफ्नो उत्कृष्ट प्रदर्शनमा पाकिस्तानलाई दोस्रो टि२० विश्वकप उपाधि जिताउने सोचमा छन् ।

बाबरले पाकिस्तानबाट टि२० क्रिकेटमा ओपनिङ गर्दै आएका छन् । ठूलो इनिङको लागि चिनिने बाबरको कभर डाइभ सटले सबैलाई आर्कषित पार्ने गर्दछ । बाबरले ६१ टि२० आई खेलमा १ शतक र २० अर्धशतक सहित २ हजार २ सय ४ रन बनाएका छन् । १ सय ९६ टि२० खेलमा बाबरले ६ शतक र ५९ अर्धशतक सहित कुल ७ हजार ५५ रन जोडेका छन् । बाबरको मुख्य खुबी परिपक्क र जिम्मेवारी ब्याटिङ हो ।

बाबरले घरेलु र अन्तर्राष्ट्रिय दुबै खेलहरुमा लगातार रन बनाउँदै आएका छन् । गत अप्रिलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको २ सय ४ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा बाबरले १ सय २२ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । जुलाईमा इग्ल्यान्डविरुद्ध २ सय ३२ रन बनाउन बाबरले पहिलो टि२० खेलमा ८५ रनको इनिङ खेलेका थिए ।

दुई साता सम्पन्न अघि पाकिस्तानको नेशलन टि२० कपमा पनि एक शतक सहित उत्कृष्ट प्रदर्शन गरेका थिए । अर्कोतर्फ पाकिस्तानले एक दशक भन्दा लामो समय देखि यूएईलाई घरेलु मैदान बनाउँदै आएको हुँदा बाबरलाई थप फाइदा पुग्नेछ । बाबरको लय, जिम्मेवारी र खेल्ने शैलीलाई देख्दा सर्वाधिक रन बनाउने खेलाडी बन्न सक्छन् ।

३.ग्लेन म्याक्सवेल (अष्ट्रेलिया)

अष्ट्रेलिया विष्फोटक ब्याटर ग्लेन म्याक्सवेल उच्च लयमा छन् । म्याक्सवेल अष्ट्रेलिया टोलीका प्रमुख ब्याटर हुन् । म्याक्सवेल आफ्नो आक्रामक ब्याटिङमा एकै ओभरमा खेललाई मोड्न सक्छन् । म्याक्सवेलले ७२ टि२० आई खेलमा ३ शतक र ९ अर्धशतक सहित १ हजार ७ सय ८० रन बनाएका छन् ।

२०१६ मा म्याक्सवेलले श्रीलंकाविरुद्ध १ सय ४५ रनको उत्कृष्ट इनिङ खेलेका थिए । रिभर्सस्वीप र स्विचहिटका लागि म्याक्सवेल माहिर छन् । म्याक्सवेल ठूला ठूला सटको क्षमता राख्छन् । म्याक्सवेलले अष्ट्रेलिया टोलीबाट चौथो नम्बरमा ब्याटिङ गर्नेछन् । युएईको पिच स्पिनर सहयोगी देखिएको छ । तर म्याक्सवेल स्पिनरमाथि झन आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन् ।

अर्कोतर्फ उच्च लयमा छन् । यसै साता आइपिएलमा बेंगलोरबाट उनले पछिल्ला ६ खेल मध्य चार खेलमा अर्धशतक प्रहार गरेका थिए । म्याक्सवेल आइपिएलको लयलाई निरन्तरता दिएमा टि२० विश्वकपमा सर्वाधिक रन बनाउने ब्याटर बन्न सक्छन् ।

२.लोकेश राहुल (भारत)

लोकेश राहुल भारतका भरपर्दा ब्याटर हुन् । सम्भव त लोकेशले भारतको ओपनिङ गर्नेछन् । राहुलको ब्याटिङ क्लासछ । भारतीय टोलीबाट राहुलले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । आइपिएलमा पन्जाब किंग्सका कप्तान समेत रहेका राहुलले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

राहुलले ४९ टि२० आई खेलमा २ शतक र १२ अर्धशतक सहित १ हजार ५ सय ५७ रन बनाएका छन् । १ सय ६५ टि२० खेलमा राहुलले ४ शतक र ४५ अर्धशतक सहित ५ हजार ४ सय ६८ रन बनाएका छन् । राहुल सुरुवाती समय लिन चाहन्छन् । पछिल्ला चार आइपिएल संस्करणमा राहुलले सहजै ५ सय माथि कटाएका छन् । गत वर्षका ओरेन्ज क्याप विजेता हुन् ।

राहुल आफ्नो विकेट हतपत गुमाउँदैनन् । आइपिएल अन्तिम खेलमा चेन्नई सुपर किंग्सविरुद्ध ४२ बलमा ७ चौका र ८ छक्का सहित अविजित ९८ रनको इनिङ खेलेका थिए । राहुल टोलीको आवश्यक अनुसार विष्फोटक र संयमित दुबै ब्याटिङका लागि माहिर छन् । यसले उनको मनोबलमा झन बढी प्रभाव पार्नेछ । राहुल टि२० विश्वकपमा सर्वाधिक रन बनाउने ब्याटर बन्न सक्छन् ।

१.मोहम्मद रिजवान (पाकिस्तान)

पाकिस्तानका विकेटकिपर ओपनर मोहम्मद रिजवान आफ्नो करिअरकै उच्च लयमा छन् । पाकिस्तानबाट लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका रिजवानले ४३ टि२० आई खेलमा १ शतक र ८ अर्धशतक सहित १ हजार ४४ रन बनाएका छन् । यस वर्ष (२०२१) मा रिजवानले १७ खेलमा १ शतक र ७ अर्धशतक सहित ७ सय ५२ रन बनाएका छन् । यसले पनि उनको लय स्पष्ट हुन्छ ।

उनले प्रहार गरेका ८ मध्य ५ अर्धशतक अविजित छन् । गत फेब्रुअरीमा दक्षिण अफ्रिकाविरुद्ध १ सय ४ रनको अविजित इनिङ खेलेका थिए । रिजवान टोलीको आवश्यक अनुसार आक्रामक ब्याटिङ पनि गर्ने गर्दछन् । अर्कोतर्फ यूएई पछिल्लो एक दशकदेखि घरेलु मैदान हुँदा उनलाई सहज पनि हुनेछ ।

दोस्रो पटक टि२० विश्वकप जित्ने सोचमा रहेको पाकिस्तानलाई रिजवानको प्रर्दशन निकै महत्वपूर्ण हुनेछ । अर्कोतर्फ ओपनर बाबर आजमसँग रिजवानको साझेदारी र तालमेल राम्रो हुँदै आएको छ । १५ टि २० आई खेलमा साझेदारी गर्दा तीन पटक शतकीय र तीन पटक ५० माथिको साझेदारी गरेका छन् । रिजवानले आफ्नो लय र यूएईको पिच बारे भरपूर्ण फाइदा उठाउन सक्छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.