default_image

4 years ago

October 18, 2021

टि२० विश्वकपमा आयरल्यान्डको विजयी सुरुवात

163 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर कर्टिस क्याम्फरको लगातार चार बलमा चार विकेटको सहयोगमा आयरल्यान्डले आइसिसी टि२० विश्वकप २०२१ मा विजयी सुरुवात गरेको छ । सोमबार समूह ए मा रहेको आयरल्यान्डले नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गर्दै विश्वकपमा विजयी सुरुवात गरेको हो ।

जितको लागि १ सय ७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड्सले १५.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । आयरल्यान्डको जितमा ग्रेथ डेलानीले २९ बलमा ५ चौका र २ छक्का सहित ४४ रनको योगदान दिए ।

ओपनर पाउल स्टर्लिङ ३९ बलमा १ चौका र १ छक्का सहित ३० रनमा अविजित रहे । कर्टिस क्याम्फर ७ रनमा अविजित रहे । ओपनर केभिन ओ ब्रायन ९ र कप्तान एन्डी बालबर्नी ८ रनमा आउट भए । नेदरल्यान्ड्सका फर्द क्लासेन, पिटर सिलार र ब्रेन्डन ग्लोभरले १–१ विकेट लिए ।

यसअघि आबूधाबीमा टस जितेर ब्याटिङको रोजेको नेदरल्यान्ड्स निर्धारित २० ओभरमा १ सय ६ रनमा अल आउट भएको थियो । नेदरल्याड्सका ओपनर म्याक्स ओडाउडले ४७ बलमा ७ चौका सहित सर्वाधिक ५१ रन बनाए । कप्तान पिटर सिलारले २१ र भान बिकले ११ रन बनाए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

कर्टिसले नेदरल्यान्ड्सविरुद्ध १० औं ओभरमा यस सफलता हात पारेका हुन् । कर्टिसले दशौं ओभरको दोस्रो बलमा कोलिन एकरमनलाई निल रकबाट ११ रनमा क्याच आउट गराएका थिए । तेस्रो बलमा रायन टेन डेस्काटेलाई शून्यमा एलबीडब्लू आउट गरे । चौथो बलमा स्कर्ट एडवाड्र्सलाई शून्यमा एलबीडब्लू आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए । पाँचौं बलमा रोलेफ भान मर्वेलाई शून्यमा बोल्ड गरे । तीनै खेलाडी गोल्डेन डक पेभिलिएन फर्किए ।

टि२० आई चार बलमा लगातार चार विकेट लिने कर्टिस तेस्रो खेलाडी हुन् । यसअघि २०१९ मा अफगानिस्तानका स्पिनर राशिद खानले आयरल्यान्डविरुद्ध चार बलमा चार विकेट लिएका थिए । २०१९ मानै श्रीलंका पूर्व तीव्र गतिका बलर लासिथ मलिङ्गाले न्युजिल्यान्डविरुद्ध चार बलमा लगातार चार विकेट लिएका थिए ।

आयरल्यान्डका कर्टिस क्याम्फरले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । मार्क आदिरले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । जोश लिटिलको नाममा १ विकेट रह्यो । आयरल्यान्डले आफ्नो दोस्रो खेलमा बुधबार श्रीलंकासँग खेल्नेछ । नेदरल्यान्ड्सले बुधबारनै नामिबियासँग खेल्नेछ । आजको दोस्रो खेलमा नामिबिया र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।

पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन् । समूह बी मा बंगलादेश, ओमान, पपुवा न्युगिनी र स्कटल्यान्ड छन् । समूह बी का खेलहरु ओमानमा हुनेछन् । नामिबिया र पपुवा न्युगिनीले पहिलो पटक टि२० विश्वकप खेलेका हुन् । पहिलो चरणको समूह ए र बी बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् ।

सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् । समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् । शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो चरणका खेलहरु सकिएपछि सुपर १२ का खेलहरु हुनेछन् । विश्वकपको फाइनल १४ नोभेम्बरमा हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.