4 years ago
October 18, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप अघि वार्मअप खेलमा पाकिस्तानले पहिलो वार्मअप खेलमा वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेको छ । जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १५.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।

पाकिस्तानका कप्तान बाबर आजमले ४१ बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ५० रनको योगदान दिए । फखर जमान २४ बलमा ४ चौका र २ छक्का सहित ४६ रनमा अविजित रहे । ओपनर मोहम्मद रिजवान १३ र मोहम्मद हफिज शून्यमा आउट भए । शोएब मलिक १४ रनमा अविजित रहे । वेस्टइन्डिजका स्पिनर हेडन वाल्श जुनियरले सर्वाधिक २ विकेट लिए । रवि रामपाउलको नाममा १ विकेट रह्यो ।
त्यसअघि आइसिसी एकेडेमी दुबईमा टस जितेर पहिला ब्याटिङ थालेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । वेस्टइन्डिजका शिम्रन हेटमायरले २४ बलमा ३ चौका सहित सर्वाधिक २८ रनको योगदान दिए । कप्तान काइरन पोलार्ड १० बलमा ५ चौका सहित २३ रनमा अविजित रहे ।
तीव्र गतिका बलर हसन अलीले तेस्रो ओभरको पाँचौं बलमा ओपनर आन्द्रे फ्लेचरलाई २ रनमा बोल्ड आउट गरेका थिए । शाहिन शाह अफ्रिदीले अर्का ओपनर लेन्डन सिमन्सलाई छैटौं ओभरको अन्तिम बलमा १८ रनमा क्याच आउट गराए । सिमन्सले २३ बलमा ३ चौका प्रहार गरे ।
रोश्टन चेश ९ रनमा क्याच आउट भए । हरिस रौफले १४ औं ओभरको पहिलो बलमा क्रिस गेललाई २० रनमा बोल्ड आउट गरेका थिए । गेलले ३० बलमा २ चौका प्रहार गरे । निकोलस पुरन १३ बलमा १ छक्का सहित १३ रनमा आउट भएका थिए ।
पाकिस्तानका हसन अलीले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । हरिस रौफ र शाहिन शाह अफ्रिदीले २–२ विकेट लिए । इमाद वासिमको नाममा १ विकेट रह्यो । पाकिस्तानले आफ्नो दोस्रो वार्मअप खेलमा बुधबार दक्षिण अफ्रिकासँग खेल्नेछ ।
बुधबारनै वेस्टइन्डिजले अफगानिस्तानसँग वार्मअप खेल खेल्नेछ । टि२० विश्वकप तयारी स्वरुप वार्मअप खेल खेलेका हुन् । टि२० विश्वकपका पहिलो चरणका खेलहरु सुरु भएका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]