default_image

4 years ago

October 18, 2021

भारतलाई इंग्ल्यान्डको बलियो लक्ष्य

203 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप अघि इंग्ल्यान्डले वार्मअप खेलमा भारतलाई १ सय ८९ रनको बलियो लक्ष्य दिएको छ । आइसिसी एकेडेमी ग्राउन्ड दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धाारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८८ रन बनायो ।

इंग्ल्यान्डका जोनी बेयरस्टोले ३६ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४९ रनको योगदान दिए । मोईन अली २० बलमा ४ चौका र २ छक्का सहित ४३ रनमा अविजित रहे । मोईन अलीले तीव्र गतिका बलर भुवनेश्वर कुमारलाई अन्तिम ओभरको पाँचौं र छैटौं बलमा लगातार छक्का प्रहार गर्दै बलियो योगफलमा पुर्याएका थिए ।

इंग्ल्यान्डलाई ओपनर जेसन रोय र जोनी बेयरस्टोले ३.४ ओभरमा ३६ रनको साझेदारी गर्दै सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर मोहम्मद शामीले बटलरलाई १८ रनमा बोल्ड आउट गर्दै भारतलाई पहिलो सफलता दिलाए । कप्तान बटलरले १३ बलमा ३ चौका प्रहार गरे । शामीको छैटौं ओभरको तेस्रो बलमा रोय १७ रनमा जस्प्रित बुमराहबाट समातिन पुगे ।

डेविड मलान १८ बलमा ३ चौका सहित १८ रनमा बोल्ड आउट भए । मलान स्पिनर राहुल चाहरको बलमा बोल्ड हुन पुगेका थिए । शामीले १५ औं ओभरको पाँचौं बलमा लियाम लिभिङस्टोनलाई ३० रनमा बोल्ड आउट गरे । लिभिङस्टोनले २० बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

भारतका मोहम्मद शामीले ४ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । जस्प्रित बुमराह र राहुल चाहरले १–१ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.