default_image

4 years ago

October 18, 2021

टि२० विश्वकपमा श्रीलंकाको विजयी सुरुवात

168 views

0 Bookmark

एजेन्सी – श्रीलंकाले आइसिसी टि२० विश्वकप २०२१ मा विजयी सुरुवात गरेको छ । समूह ए मा रहेको श्रीलंकाले सोमबार राती नामिबियालाई ७ विकेटले पराजित विश्वकपमा विजयी सुरुवात गरेको हो ।

जितको लागि ९७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १३.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । श्रीलंका जितमा मध्यक्रमका ब्याटर भानुका राजपक्षे २७ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ४२ रनमा अविजित रहे । अविष्का फ्रनान्डो २८ बलमा २ छक्का सहित ३० रनमा अविजित रहे । पाथुन निसंका र दीनेश चान्डिमल ५–५ रनमा आउट भए । कुशल परेरा ११ रनमा क्याच आउट भएका थिए । नामिबिया जेजे स्मित, रुबेन ट्रम्पेलम्यान र बर्नार्ड शोल्ट्ज़ले १–१ विकेट लिए ।

त्यसअघि आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबिया १९.३ ओभरमा ९६ रनमा अल आउट भएको थियो । नामिबिया क्रेग विलियम्सले ३६ बलमा २ छक्का सहित सर्वाधिक २९ रनको योगदान दिए । कप्तान गेरहार्ड इरास्मसले १९ बलमा २ चौका सहित २० रन बनाए । जेजे स्मित १२ रनमा अविजित रहँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । नामिबियाले टि२० विश्वकपमा डेब्यू गरेको हो ।

श्रीलंका स्पिनर महेक थेक्शानले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । वानिन्दु हसरंगा र लाहिरु कुमाराले २–२ विकेट लिए । चामिका करुणारत्ने र दुश्मन्था चामिराले १–१ विकेट लिए ।

समूह ए को पहिलो खेलमा आयरल्यान्डले नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गरेको थियो । श्रीलंकाले बुधबार आयरल्यान्डसँग खेल्नेछ । नामिबियाले बुधबारनै नेदरल्यान्ड्सँग खेल्नेछ ।

पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन् । समूह बी मा बंगलादेश, ओमान, पपुवा न्युगिनी र स्कटल्यान्ड छन् । समूह बी का खेलहरु ओमानमा हुनेछन् । पहिलो चरणको समूह ए र बी बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् ।

सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् । समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् । शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो चरणका खेलहरु सकिएपछि सुपर १२ का खेलहरु हुनेछन् । विश्वकपको फाइनल १४ नोभेम्बरमा हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.